सिंहले राजीनामा दिँदै



डडेल्धुरा ः डडेल्धुरा अस्पतालमा खिचातानी देखिएकोछ । डडेल्धुरा अस्पतालको अध्यक्ष पदका लागि करुणकर ओझा र लक्ष्मण सिंह को चर्चा मात्र हैन मन्त्रिपरिषदको निर्णयले नै पहिला सिंह लाई नियुक्ती दियो भने त्यसको केहि दिनमै मन्त्रिपरिषदको निर्णयले ओझालाई नियुक्त गर्यो तर अहिले अस्ेपतालको अध्यक्ष पदमा रहेका सिंहको प्रमाणपत्र नै पृष्टि भएन ।
पाटन सयुक्त क्याम्पसले डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण सिंहले स्नातक नगरेको पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रमाणपत्र सत्यापन पठाउँदै सिंहले स्नातक नगरेको उल्लेख गरेको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको उक्त क्याम्पसले आफ्नो कलेजबाट सिंहको चारित्रिक प्रमाणपत्र जारी नरेको उल्लेख गरेको छ । अस्पताल विकास समितिको अध्यक्ष बन्नका लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छ । 
केही दिनअघि अस्पतालमा आयोजित कार्यक्रममा भने अध्यक्ष सिंहले आफ्नो शैक्षिक प्रमाणपत्र नक्कली नभएको दाबी गरेका थिए । मेरो शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठाइदैछ, उनले भनेका थिए मेरो बुवादेखि छोरासम्मले डिग्री गरिसके । मेरो योग्यता नक्कली हुने कुरै छैन ।
अध्यक्ष सिंहले पदबाट राजीनामा दिने भएका छन् । सर्वोच्च अदालतले नियुक्ति खारेजको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष सिंह केहीदिन अघि कामकाजका लागि अस्पतालमा उपस्थित भएका थिए ।
वैशाख १७ गतको प्रधानमन्त्रीस्तरीय निर्णयले सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो तर उनले पदभार ग्रहण गरेकै दिन मन्त्रीस्तरीय निर्णयबाट उनको नियुक्ति खारेज भएको थियो भने अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझा नियुक्त भएका थिए ।
सर्वोच्च अदालतले ९ जेठमा सिंहको नियुक्ति खारेज नगर्न र तत्कालका लागि सिंहलाई नै अध्यक्षका रुपमा काम गर्न दिन अन्तरिम आदेशमा दिएको थियो ।

























