२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

प्रतिबन्ध घोषणा गरेको १० महिनामा प्लाष्टिकका फूल मालाको आयात

काठमाडौं । सरकारले वातावरण संरक्षणका लागि भन्दै प्रतिबन्ध घोषणा गरेको १० महिनामा प्लाष्टिकका फूल मालाको आयात निर्वाद रूपमा भइरहेको पाइएको छ ।

सरकारले १६ साउन २०७९ मा नेपालभर प्लाष्टिकको फूल गुच्छाको उत्पादन, आयात र बिक्री वितरणमा रोक लगाएको थियो । तर, त्यस यताको वैशाखसम्म नेपाल भित्र २ करोड ९ लाख २८ हजार रुपैयाँ बराबरको ७१ हजार ६२ किलो यस्ता कृत्रिम फूलमाला भित्रिएको भन्सार विभागले जनाएको छ ।

प्रतिबन्ध अघि नेपालमा ९२ लाख १८ हजार रुपैयाँ बराबरको २८ हजार ६८५ किलो यस्ता माला नेपाल भित्रिएका थिए । तर, सरकारले प्रतिबन्ध घोषणा गरेयता मात्रै १ करोड १७ लाख १० हजार मूल्य बराबरका ४२ हजार ३७७ किलो यस्ता फूल माला नेपाल भित्रिएको छ ।

के भन्छ वातावरण विभाग ?

अवैध फूल माला आयातबारे वातावरण विभागले भने अनविज्ञता प्रकट गर्‍यो । अवैध प्लाष्टिकका फूलमाला आयातबारे आफूहरुसँग विवरण नभएको विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले बताए ।

भन्सारको तथ्याङ्‍कमा देखिएका यस्ता फूल मालाको विवरणबारे आफूहरुलाई थाहा नभएको र यस्ता फूल माला नआएको दाबी भन्सारले गरेको पौडेलको भनाइ छ ।

‘हामीलाई यस्ता वस्तु आएको जानकारी छैन, भन्सारलाई सोध्दा पनि आयात नभएको भन्छ,’ प्रवक्ता पौडेलले भने,‘भन्सारलाई सोधेर मात्रै तपाईंहरुलाई थप भन्न सक्छौं । ’सरकारले वातावरण संरक्षणकाकै लागि यस्ता वस्तुको आयात, बिक्री वितरण र ओसारपोसार रोक्ने नीति लिएको विभागको दाबी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।