२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

रेशमलालले टीकापुरमा मारिएका अढाई वर्षीय बालकको घरमा पुगेर के भने ?

कैलाली: रेशम चौधरी र रञ्जिता चौधरी टीकापुर घटनामा मारिएका अढाई वर्षीय बालक टेकबहादुर साउदको घर पुगेका छन् । कारागारबाट रिहा भएर कैलाली पुगेलगत्तै उनीहरू स्व.साउदका अभिभावक भेट्न पुगेका हुन् ।

सो क्रममा रेशमले घटनाको सत्यतथ्य बाहिर ल्याउन आफूले पहल गर्ने बताएका छन् । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दा धेरै तथ्य बाहिर आउने भन्दै सरकारलाई उक्त प्रतिवेदन सार्वजनिक गर्न समेत आग्रह गरेका छन् ।

उनले टीकापुर घटना पहिचानको आन्दोलनका क्रममा भएको भन्दै यसलाई राजनैतिक ढङ्गबाट हल गरिनुपर्ने बताउँदै आएका छन् ।

सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचन हुँदै हाल मन्त्री रहेकी रेशम पत्नी रन्जिताले पनि सरकारले उक्त घटनामा सहादत प्राप्त गरेकाहरुलाई न्याय दिनुपर्ने बताएकी छन् ।

२०७२ भदौ ७ गते आन्दोलनका क्रममा अढाइ वर्षका साउदसहित ८ प्रहरीको ज्यान गएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।