महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस रोकथामका लागी सरकारले चैत ११ गतेयता गरेको लकडाउन अवधीमा मात्रै कञ्चनपुरमा ८३ लाख बढी रुपैया बराबरको अवैध सामाग्री बरामद भएकोे छ ।
लकडाउन अवधिमा मात्रै जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी चोरी पैठारी गर्दै गरेको अवस्थामा नेपाल प्रहरी,ससस्त्र प्रहरी तथा अन्य निकायले ८३ लाख ९१ हजार ३ सय ७५ रुपैँया बराबरको अवैध सामाग्री बरामद गरि भन्सार कार्यालयलाई बुझाएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
भन्सार कार्यालयको तथ्याङकअनुसार लकडाउन अवधीको चैत महिनामा १७ लाख ५३ हजार ३ सय ८०, जेठमा ९ लाख ६४ हजार १ सय २१, असारमा १९ लाख ३ हजार ५ सय ४ र साउनमा सबैभन्दा बढी ३७ लाख ७० हजार ३ सय ७० रुपैया बराबरको अबैध सामाग्री बरामद भएको छ । बैशाखमा भने सामान बरामद नभएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीकी नायव सुब्बा हरिकला उप्रेतीले बताइन् । ‘लकडाउनका समयमा त यती भन्सार छली भइरहेको छ भने अरु बेला झन कती हुन्छ होला ?’ नासु उप्रेतीले भनिन् । उनकाअनुसार लत्ताकपडा, कस्मेटिक,हार्डवेयर,खाद्यान्न,इलेक्ट्रोनिक्स लगाएकका सामान बढी बरामद भएका छन् । नेपाल प्रहरी,ससस्त्र प्रहरी, तथा अन्य विभिन्न निकायले अबैध सामाग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको उनले बताइन् । नायव सुब्बा उप्रेतीका अनुसार नेपाल प्रहरीले ५७ लाख ७० हजार ५ सय ७३ रुपैया बराबरको अबैध सामान बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ । प्रहरीले चैत महिनामा १३ लाख २७ हजार २०, जेठमा २ लाख ८ हजार ३ सय ४०, असारमा १४ लाख ७८ हजार ९ सय २३ र साउनमा २७ लाख ५६ हजार २ सय ९० रुपैया बराबरको सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । यस्तै ससस्त्र प्रहरी राजश्व गस्तीले ९ लाख ५८ हजार ४० रुपैया बराबरको अवैध सामाग्री बरामद गरी भन्सार कार्यालयलाई बुझाएको छ । उक्त गस्तीले चैत महिनामा ३ लाख २४ हजार ८ सय ६०,जेठमा १ लाख ६२ हजार ६ सय ६०, असारमा १ लाख ४५ हजार ८ सय र साउनमा ३ लाख २४ हजार ७ सय रुपैया बराबरको अबैध सामाग्री बरामद गरि भन्सार कार्यालयलाई बुझाएको कञ्चनपुर भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी ससस्त्र प्रहरीको अन्य निकायले पनि १६ लाख ६२ हजार ७ सय ६२ रुपैयाँ बराबरको अवैध सामाग्री बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ ।
ससस्त्र प्रहरीको अन्य निकायले चैतमा १ लाख १ हजार ५ सय, जेठमा ५ लाख ९३ हजार १ सय १,असारमा २ लाख ७८ हजार ७ सय ८१ र साउनमा ६ लाख ८९ हजार ३ सय ८० रुपैया बराबरको अवैध सामाग्री बरामद गरि भन्सार कार्यालयलाई बुझाएको नासु उप्रेतीले बताइन् । नेपाल प्रहरी,ससस्त्र प्रहरी तथा अन्य निकायको सक्रियताले गर्दा अवैध सामाग्री बरामद भएको भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नवकुल शर्माले बताउनु भयो । उहाँले भन्नुभयो ‘नेपाल प्रहरी, ससस्त्र प्रहरी तथा अन्य निकायको सक्रियताले यती ठुलो अवैध सामान बरामद भएको हो ।’ हिमालयन टाईम्स बाट साभार