कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा अन्डर–१९ क्रिकट प्रतियोगिता हुने भएको छ । वाणी स्पोर्टस क्लबको आयोजनामा कृष्णपुर नगरपालिका–२ वाणीमा रहेको श्री सरस्वती मा.वि.मा जेष्ठ १३ गतेबाट खेल आयोजना हुनेछ ।



आयोजक वाणी स्पोर्टस क्लबले यही जेष्ठ ११ गते भित्र आफ्नो टिम दर्ता गराईदिन हुन सम्पुर्ण खेलाडी तथा खेल प्रेमीहरुमा अनुरोध गरेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले रु.२५,०००/– र द्धितिय टिमले रु.१०,०००/– , साथै ट्रफी, मेडल,प्रमाण–पत्र प्राप्त गर्ने आयोजकले बताए । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र ब्याटरले १५/१५ सय प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई समेत बिशेष पुरुस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको प्रबेश शुल्क रु.२५००/– रहेको छ ।

Views: 310

























