२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

जय महाँकाल युवा समूहले मृगौला पिडितलाई बचाउन आर्थिक संकलन अभियान

कञ्चनपुर: कृष्णपुर नगरपालिका वडा नं. २ वाणी निवासी २९ वर्षीय सुशील प्रसाद कलौनीका दुवै मृगौला फेल भएपछी आउने जेठ १० गते काठमाडौ स्थित शिक्षण अस्पताल महाराजगन्जमा शल्यक्रिया हुने भएको छ।

श्रीमतीले मृगौला प्रत्यारोपणका लागि आफ्ना मृगौला दिन तयार भएपछि कलौनीका मृगौलाको शल्यक्रिया हुने भएको छ। निरन्तर समाजिक क्रियाकलाप गर्दै आईरहेको जय महांकाल युवा समुह असहाय गरिवहरुका लागि ईश्वरकै रुप हो भन्दा फरक पर्दैन, विगतमा पनि जय महांकाल समुहले विभिन्न असहाय नागरिकहरुलाई सहयोग गर्दै आईरहेको छ। यसपटक पनि दुवै मृगौला फेल भएका सुशील लाई बचाउन (उपचार) का लागि सक्दो सहयोग गर्ने सोचले आर्थिक संकलन अभियान थालेको संस्थाका महासचिव हिक्मत भण्डारी”हाक्कु” ले बताएका छन्।

आज कृष्णपुर-२ बंक बजारमा महांकाल टिमले १२ हजार ३ सय आर्थिक सहयोग जम्मा गरेको संस्थाका कोषाध्यक्ष रोशन बोहराले बताएका छन् । हामीले स्थानीय दाईलाई सक्ने सहयोग गर्ने सोचले यो अभियान थालेका हौ; जति हुन्छ आर्थिक संकलन गरि उहाको उपचारका लागि सहयोग गर्छौ: कोषाध्यक्ष बोहराले भने । त्यस्तै भोकालाई भोजन प्यासीलाई पानी मुल नारा बोकेर हामी निरन्तर समाजिक काम मा छौ र रहिरहने कुरा अध्यक्ष हर्क बहादुर बोहराले बताएका छन् । जय महाकाल युवा समुहको अभियानले आफ्ना छोराको उपचारमा ठुलो सहयोग हुने मृगौला पीडित कलौनीका बुवा माधव कलौनीले बताएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।