२०८१ चैत्र १४ बिहीबार
२०८१ चैत्र १४ बिहीबार

गुणस्तरीय शिक्षाका लागि डडेल्धुराका शिक्षकलाई सिकाई

डडेल्धुरा (दिपकराज भट्ट ): डडेल्धुराका २३ जना शिक्षकलाई कक्षाकोठा व्यवस्थापन र बालमैत्री सिकाइको बारेमा चार दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । ४दिने कार्यशाला गोष्ठि जेठ ७ गते देखि १० गते सम्म संचालन भएको थियो । कार्यक्रमकाे उद्घाटन डडेल्धुराकाे सरदमुकाममा उद्घाटन भएको थियो । लु निभाः बाल सरोकार समुहका कार्यक्रम संयोजक कृष्ण गोबिन्द महर्जनको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री गगन सिंह भण्डारीको प्रमुख आतिथ्यता र नबदुर्गा गाउँपालिका उपाध्यक्ष निर्मला कुमारि बोगटी बिष्टको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रम फिनल्याण्ड विदेशी मामिला मन्त्रालयको आर्थिक सहयोग, इनटरपेडिया फिनल्याण्डको प्राविधिक सहयोगमा लू निभाः द्वारा संचालित शिक्षा र संरक्षणमा समुदायको नेतृत्व परियोजना बाट संञ्चालित रहेकाेछ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वार्ड न. १, २ र भागेश्वर गाउँपालिका वार्ड न. ४ र ५ मा सन २०२३ देखि २०२६ सम्मका लागि संचालनमाकार्यक्रम सुचारु भएको छ ।

No description available.

परियोजानको लक्ष्य उद्देश्य तथा कार्यक्रमको बारेमा लू निभाः बाल सरोकार समुह बालबालिकाहरुको हकहित र अधिकारको संरक्षण तथा विशेषतः बालबालिकाको शिक्षाको अधिकार अन्तरगत शैक्षिक गुणस्तर प्रबद्र्धनका लागि कार्यरत संस्था हो । बिगत एक दशक देखि डडेल्धुरा जिल्लाका बिभिन्न स्थानिय तहहरुमा बिद्यालय लाई बालमैत्री बनाउन, शिक्षकहरुको ज्ञान, सिप र अवधारणामा अभिबृद्धि गर्नका लागि बिभिन्न निकाहरु, बिद्यालय, शिक्षा बिकास तथा समन्वय ईकाइ, समुदाय र गैर सरकारी संस्थाहरु संगको सहकार्यमा विविध गतिविधिहरु सञ्चालन गर्दै आईरहेको कुरा बारे सम्पुर्ण सहभागिहरुको माझमा प्रस्तुत गरि सम्पुर्ण सहभागिहरु तथा सहजकर्ताहरु लाई स्वागत गरिएको थियो ।

प्रमुख अतिथिले शुभकामना मन्तब्य दिदै लु निभाःले शिक्षा तथा बाल अधिकारको क्षेत्रमा गरेको योगदानको बयान गर्दै बिद्यालयमा सम्पुर्ण शिक्षकहरुले बालबालिकाको गुणस्तरिय शिक्षाका लागि सहयोग गर्नु पर्ने भनि जोड दिदै अनुगमन तथा मुल्यांकनको भुमिकामा जिल्ला समन्वय समिति पनि रहेकाले बिद्यालय स्तरमा आफुहरु पुग्दा कक्षाकोठा व्यवस्थापन र बालमैत्री सिकाइको विषयको आजको कार्यशाला गोष्ठिको प्रभावकारिता देख्न पाउने अपेक्षा समेत ब्यक्त गर्नु भएको थियो । साथै आयोजक संस्था तथा परियोजना लाई जि.स.स.को तर्फ बाट पूर्ण सहयोग रहने प्रतिबद्धताका साथ ४ दिने कार्यशाला गोष्ठिको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । यसै गरि कार्यक्रमका बिशिष्ट अतिथि तथा नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष ले आफ्नो पालिकामा परियाजनाले काम गरेको प्रति खुशि ब्यक्त गर्दै आयोजक संस्था लु निभाः लाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै परियोजान तथा बिद्यालय लाई पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धताका साथ ४दिने कार्यशाला गोष्ठिको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

कार्यशाला गोष्ठिका अध्यक्ष तथा लु निभाः बाल सरोकार समुहका कार्यक्रम संयोजक श्री कृष्ण गोबिन्द महर्जनले संस्था परियोजना तथा कार्यशाला गोष्ठिको बारेमा बिस्तृत रुपमा लक्ष्य, उद्देश्य,तथा क्षेत्रको बारेमा जानकार दिदै प्रशिक्षक द्वय युवराज लौडारी र पुष्पराज जोशि लाई आजको कक्षा हस्तान्तरण गर्दै उद्घाटन सत्रको समापन गर्नु भएको थियो । उक्त कार्यशाला गोष्ठिको सञ्चालन जिल्ला कार्यक्रम अधिकृत जगदिश कुमार चुनाराले गर्नु भएको थियो । चार दिन संचालित भएको कार्यशाला गोष्ठिमा प्रशिक्षक द्वय युवराज लौडारी र पुष्पराज जोशीले सहजिकरण गरकाे थियो ।

बालमैत्री शिक्षण सिकाई बिधि तथा कक्षा कोठा ब्यबस्थापन बिषयक शिक्षक कार्यशाला गोष्ठिमा नबदुर्गा गाउँपालिका अन्तरगत वडा नं. १ र २ का १२ सामुदायिक बिद्यालयहरु र भागेश्वर गाउँपालिका अन्तरगत वडा नं. ४ र ५ का ११ सामुदायिक बिद्यालयहरु, प्रत्येक बिद्यालय बाट १÷१ जना शिक्षक सहभागि हुने गरि जम्मा २३ जना शिक्षकहरुको बिचमा चार दिने कार्यशाला गोष्ठि सञ्चालन गरिएको थियो । शिक्षकहरुले बालबालिकाहरु लाई प्रभावकारि शिक्षण सिकाई गर्न उपयुक्त बिधि तथा कक्षाकोठा ब्यबस्थापन सम्बन्धी बिभिन्न क्रियाकलाप बाट कार्यशाला गोष्ठिमा सिकाइएको थियो । शिक्षकहरु लाई बिद्यार्थि केन्द्रित बिधि र स्थानिय शैक्षिक सामाग्रीको निर्माण तथा प्रयोग गरि पढाइ गर्नु पर्ने भनि चार दिने कार्यशाला गोष्ठिमा सिकाइएको थियो ।

बाल मनोबिज्ञानको उच्चतम प्राथमिकतामा राखेर कक्षा शिक्षण गर्नु पर्ने बारे बिभिन्न रचनात्मक क्रियाकलाप, खेल तथा कक्षा क्रियाकलापमा बालवालिकाको सक्रिय तथा अर्थपुर्ण सहभागितामा गरि शिक्षण सिकाई गर्नु पर्ने सम्बन्धि प्रशिक्षण गरिएको थियो । बिद्यार्थिहरु लाई स्थानिय शैक्षिक सामाग्रीहरु बनाउदा सक्रिय सहभागितामा बनाउनु पर्ने र कक्षाकोठा ब्यबस्थापन गर्नु पर्ने भनि प्रशिक्षण गरिएको थियो ।

उक्त कार्यक्रम मिति २०८० जेठ १० गते शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख नारद प्रशाद जोशीको प्रमुख आतिथ्यमा, नवदुर्गा गाउँपालिका शिक्षा शाखा प्रमुख रबि कुमार चौधरी को बिशिष्ट आतिथ्यतामा लु निभाः कार्यक्रम संयोजक कृष्ण गाबिन्द महर्जनले कार्यक्रमको समापन गर्नुभएको थियो ।कार्यशाला गोष्ठिको सञ्चालन जिल्ला कार्यक्रम अधिकृत जगदिश कुमार चुनाराले गर्नु भएको थियो ।

No description available.No description available.No description available.No description available.No description available.

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।