२०८१ आश्विन १ मंगलवार
२०८१ आश्विन १ मंगलवार

खजुवा टोलमा सार्वजनिक जमिन अतिक्रमण कार्य तिब्र,स्थानीयद्वारा संरक्षणको माग

गौरब बिष्ट / कञ्चनपुर – शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ५ को खजुवा टोलमा सार्वजनिक जमिन अतिक्रमण भएको छ। शुक्लाफ़ाटा नगरपालिका अन्तर्गत पर्ने करिब ५ /६ वडा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज संग जोडिएका छन् तर अन्य वडा कार्यालय भन्दा पनि वडा नम्बर ५ को सिमानामा निकुञ्जको सिमाना अधिकतम स्थान जोडिएको र समस्या दिन प्रतिदिन बढदै गएका छन्।

त्यस्तै सोमबार राति पनि करिब ७ देखि ८ बजे सम्म स्थानीय युवाहरुले वडा बसी जनसमुदाय लाई मदिरा सेवन गरि त्रशित पारेका छन्। वडा नम्बर ५ को खजुवा टोलमा मदिरा सेवन गरि सामाजिक सद्भाव खलबलाउने प्रकारका गतिबिधि गर्दै अबैध हातहतियार सहित धम्याउदै स्थानीय बिशाल रतोकी लाई कुटपिट समेत गरेका छन्। कुटपिट बाट रतोकी सामान्य घाइते समेत भएको स्थानीयले बताए।

पटक पटक खजुवा टोलमा कहिले हात्तिको आतंक त् कहिले बदेल,चितल आतंक हुदै आएको थियो भने गत सोमबार राति अबैध हातहतियार सहित टोल प्रबेश गरेको यो पहिलो घटना भएको एक स्थानीय महिलाले बताए। सो घटनाको बारेमा मंगलबार इलाका प्रहरी कार्यालय झलारी र शुक्लाफ़ाटा नगरपालिका लाई समेत जानकारी गराएको भए पनि कुनै प्रकारको सुनुवाई र सुरक्षाको प्रत्याभूत आफुहरुले नपाएको स्थानीयहरुको गुनासो रहेको छ।

सो घटनाको बारेमा मंगलबार साझ पनि इलाका प्रहरी कार्यालय झलारीमा टेलिफोन गरि जानकारी गराउदा समेत चासो दिन नखोजेको र पटक पटक फोन गर्दा केहि समय पछि सो स्थानमा पुगेको भए पनि पटक पटक हामि यसै ठाउमा रहेर शान्ति सुरक्षा दिन नसक्ने कार्यालयको टेलिफोन सम्बादमा उल्लेख भएको छ।

स्थानियहरु मंगलबार दिउसो नगरपालिकाको सभाहलामै पुगेर शुक्लाफाटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐर,उपप्रमुख तुलसी हमाल,शुक्लाफ़ाटा रास्ट्रिय निकुञ्जका प्रमुख एवम प्रतिनिधि,अर्जुनी पोष्टका प्रमुख एवं प्रतिनिधि,शुक्लाफ़ाटा नगरपालिकाका प्रबक्ता जगत बहादुर सिंह,वडा नम्बर ५ का वडा अध्यक्ष कमलराज गिरि,न्यायिक समिति सदस्य प्रमानन्द जोशी,शिक्षक शिद्दराज भट्ट लगाएत वडा नम्बर ५ का अधिकांस वडा बासीहरु नगरपालिकाको सभाहलमा बसी बृहत रुपमा छलफल गरेका छन्।

छलफलमा बोल्दै शुक्लाफ़ाटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरले सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने जो सुकै लाई कानुन अनुसार कारवाही गर्ने,सामाजिक सद्भाव लाई खल्बलाउने,अबैध हातहतियार सहित गाउ घरमा प्रबेश गर्ने,जनतालाई त्रशित पार्ने जो कसैलाई न छोड्ने बताए !

सोमबार राती हतियार सहित गाउँ पसेका ब्यक्ति लाई तुरुन्त कारवाही गर्न ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख धर्मेन्द्र रावल लाई आदेस समेत दिएका छन् ।

रातिको समयमा शुक्लाफाटा नगरपालिकाका को वडा नम्बर ५ को वडामा शान्ती सुरक्षा खल्बलाउने उद्देश्यका साथ आगमन गर्ने नागरिक लाई कारबाही गर्न निर्देशन दिए । रातिको समयमा जाड रक्सी सेवन गरि वडा बासी लाई दुख दिने उद्देश्य ले वडा प्रवेश नगराउने जानकारी गराए ।

सार्वजनिक जमिन अतिक्रमण गर्ने लाई कारवाही तथा खालि गराईदिन भन्दै २०७५ साल देखि शुक्लाफ़ाटा नगरपालिकाको वडा नम्बर ५ लाई जानकारी गराएको स्थानीयको भनाई छ।

ईलाका प्रहरी कार्यालय झलारी र शुक्लाफाटा नगरपालिका लाई लिखित रुपमा वडा बासिको जिउ धनको सुरक्षाको माग गर्दै मंगलबार जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रमुख धर्मेन्द्र रावलले सोमबार साझ आफुहरु लाई वडा बासीहरुले अबैध हातहतियार समेत प्रबेश गरेको कुरा लाई लिखित मौखिक रुपमा समेत जानकारी नगराएको हुदा शान्ति सुरक्षा दिन नसकिएको उल्लेख गर्दै अब उप्रान्त अबैध हातहतियार र सामाजिक सदभाब खल्बलाउन खोज्ने तत्वलाई कडा भन्दा कडा कानुनि कारवाही गरिने प्रतिबद्दता गरेका छन्।

त्यस्तै शुक्लाफ़ाटा रास्ट्रिय निकुञ्जका प्रमुख एवं प्रतिनिधिले शुक्लाफ़ाटा नगरपालिकाको सार्वजनिक जमिन जुन शुक्लाफाटा रास्ट्रिय निकुञ्ज संग जोडिएका सम्पूर्ण भूभागको नक्सा हेर्ने काम गरिएको,सम्बन्धित निकायहरु संग छलफल गरिरहेको,मध्यबर्ती बातावरण अन्तर्गत पर्ने भूभाग सहित राष्ट्रिय निकुञ्जको टिम र त्रिशक्ति मध्यबर्ती उपभोक्ता समुहको क्षेत्रा अधिकार पर्ने भूभागहरुको बारेमा युवाहरु सङ्ग छलफल भएको जानकारी गराउदै उपभोक्ता समिती सङ्ग छलफल गरेर तुरुन्तै खाली गरिने निकुञ्ज प्रमुख ले बताए ।

शुक्लाफ़ाटा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमल राज गिरिले सार्वजनिक सम्पति जमिन अतिक्रमणको समस्या सामाधान हुन्छ जनताको जित हुन्छ,शान्ति सुरक्षाको प्रत्याभूत हुन्छ,सम्बन्धित निकायहरु बिच छलफल तथा निस्कर्ष निकालिदै छ भन्दै जनताको जित हुनेमा प्रस्ट पारेका छन्।

मंगलबारको छलफलबाट १ हप्ता भित्र सार्वजनिक जमिन अतिक्रमण हटाईने र सार्वजनिक जमिनको संरक्षण र सम्बर्दन हुने जानकारी गराए।

जनावरको आवागमन का लागि पटक पटक बिभिन्न प्रकारका प्रयासहरु ग्याबिन तार,लगाएतका प्रयासहरु गरिएको जानकारी गराउदै अब छिट्टै १ हप्ताको समयमा यो समस्या सामाधान हुने गरि सम्बन्धित निकाय संगै वडा कार्यालयले पनि अथक प्रयास गरिरहेको जानकारी गराएका छन्।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।