२०८३ जेष्ठ ७ बिहीबार
२०८३ जेष्ठ ७ बिहीबार

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

धनगढी । बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते छन् । आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले बताए ।

अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको उनले जानकारी दिए । तर घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने उनको भनाइ छ ।

डीएसपी भण्डारीका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन । उनीहरु यार्सागुम्बा संकलन गर्न त्यहाँ पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।