२०८१ माघ १२ शनिबार
२०८१ माघ १२ शनिबार

गल्ली जस्तै साघुरो सडक अब बन्ने भयो फराकिलो

डडेल्धुरा सदरमुकाम सडक विस्तारः मुआब्जाका लागि सरकारले पठायो थप ३० करोड रुपैया

डडेल्धुरा – डडेल्धुरा जिल्ला सदरमुकामै रहेको बागबजार किर्तिपुर सड्कले विगतका दिनमा साघुरो रहेको थियो । जसले गर्दा गाडि आवतजावतमै समस्या हुने गथ्र्येा । सडका ठुला गाडिहरु आएमा जाम दिनहु देख्न सकन्थियो अब यो समस्या समाधान हुने भएकोछ । डडेल्धुरा सडक फराकिलो भएपछि स्थानीय खुशी भएका छन् । डडेल्धुराको यस सडक खण्डको बागबजार देखि बाणिज्य बैंक सम्मको सडक पहिलो चरणमा फराकिलो हुने काम अहिले भईरहेको छ भने त्यस अघि बैतीडि तिरको सडक फराकिलो गर्नका लागि थप ३० करोड रकम पुन रकमान्तरण गरेको छ ।
यसअघि सडक क्षेत्रमा पर्ने जग्गा र घरको मुआब्जाकै लागि २० करोड बजेट पठाइएकोमा सोही प्रयोजनका लागि थप ३० करोड बजेट पठाइएको हो ।

महाकाली राजमार्गको बागबजारदेखि उग्रतारा सडकखण्डको मुआब्जा र क्षतिपूर्तिका लागि ३० करोड बजेट सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पठाइएको अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए ।

अर्थ मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पत्र लेख्दै रकमान्तर स्वीकृत गरेपछि सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई ३० करोड प्राप्त भएको कार्यालय प्रमुख दीपक झाले जानकारी दिए । उनका अनुसार अब प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको बैठक बसेर प्रक्रिया अगाडि बढाइने छ ।

मुआब्जाका लागि ८४ करोड बजेट आवश्यक रहेकोमा अहिलेसम्म दुई किस्तामा ५० करोड बजेट आएको छ । पहिलो किस्तामा आएको २० करोड मुआब्जा रकम वितरणको काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय कुलपातेका प्रमुख झाले बताए ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।