२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

चरित्रमाथि बलात्कार गर्यो : संसदमा आरजु देउवा राणा

काठमाडौं । नेपाली कांँग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्रमाथि बलात्कार भएको भन्दै आक्रोश पोखेकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले यस्तो आक्रोश पोखेकी हुन् ।

संसदमा बोल्दै उनले आफ्नो बारेमा भ्रम फैलाएर गलत ‘टेप’ सार्वजनिक गरेर चरित्र हत्या गरिएको बताइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको बताउँदै उनले सार्वजनिक भएको ‘अडियो टेप’को सत्यतथ्य पत्ता लागाउनुका साथै दोषीलाई यथाशिघ्र कार्वाहीको माग गरेकी छिन् ।

‘हाम्रो देशमा गलत समाचारको परकाष्टा पुगेको रहेछ । मेरो चरित्रमाथि बलात्कार भएको छ ।’, उनले भनिन्, ‘टेपको सत्यतथ्य उजागर गरियोस् । जति जनाको नाम आएको छ, दोषी हो वा होईन भन्ने बारे प्रष्ट हुनुपर्छ ।’

त्यस्तै, सांसद राणाले यो काण्ड देशको सबैभन्दा लज्जास्पद विषय भएकोसमेत टिप्पणी पनि गरेकी छिन् । भुटानी शरणार्थी प्रकरणको ‘टेप’को अडियो आफ्नो नभएको जिकिर गर्दै उनले सत्य उजागर गर्न आग्रह गरेकी छिन् ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।