२०८३ भाद्र १७ बुधबार
२०८३ भाद्र १७ बुधबार

विदेशबाट ल्याएका मोबाइल आफैँले एमडीएमएसमा दर्ता गर्न सकिने

विदेशबाट ल्याएका मोबाइल आफैँले एमडीएमएसमा दर्ता गर्न सकिने , दर्ता नभएका मोवाईल नचल्ने

काठमाण्डौ ः मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ ।

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइ भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ ।

एमडीएमएस भनेको नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू भएको प्रणाली हो । यसबाट अवैध रुपमा भित्रिने मोबाइल प्रतिबन्ध गर्न सकिनेछ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले राहदानी र नागरिकता वा बोर्डिङ पास कागजात प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि प्राधिकरणको वेबसाइट https://mdms.nta.gov.np/public)
मा जानुपर्नेछ ।

 

नेपालभित्र मोबाइल खरिद गर्दा ती मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएरनभएको यकिन गरी मात्र खरिद गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीमा ६ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।