२०८२ मंसिर २९ सोमबार
२०८२ मंसिर २९ सोमबार

सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी पहिरोको वितण्डा : १० जनाको मृत्यु

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी र पहिरोका कारण बुधवार १० जनाको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिकाको बस्तीमा कैलाशखोलाको बाढी पसेपछि ६ जनाको मृत्यु भएको छ।

गएराति परेको अबिरल बर्षापछि आएको बाढिले रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनिबजारबाट वेपत्ता भएका मध्ये ६ जनाको शव फेला परेको हो।

४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा भेटिएको स्थानिय देबेन्द्र थापाले बताए।

यस्तै दुई जनाको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको स्थानिय प्रकाश कुवँरले बताए। अझै १५ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ।

यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले बझाङ जिल्लामा पहिरोका कारण दुई जनाको मृत्यु भएको जानकारी दिए।

बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको थियो। पहिरोमा परि चार जना घाईते भएका थिए भने २ जना बेपत्ता भएकोमा उनीहरुको शव फेला परेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।