बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको खोपको पहिलो चरणको परीक्षण परिणाम बिहीवार आउने अपेक्षा गरिएको छ ।
आईटीभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले सूत्रहरूलाई उद्धृत गर्दै बिहीवार परिणाम आउन सक्ने बताएका हुन् ।
अनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि खोपको विषयमा ठूलो खबर आउनसक्ने भन्दै ट्वीट गरेका छन् । यसबाटै पनि खोपको राम्रो परिणाम आउन सक्ने अपेक्षा गर्न सकिन्छ ।
विभिन्न देशहरूमा कोरोना खोपको परीक्षण भइरहेकोमा अक्सफोर्डको परीक्षण अहिलेसम्मकै सबभन्दा प्रभावकारी मानिएको छ । अहिले यसको तेस्रो चरुणको ह्युमन ट्रायल चलिरहेको छ ।
अनुसन्धाताहरूले परीक्षणको पहिलो चरणको परिणाम जुलाईको अन्त्यसम्ममा जारी गरिने बताएका थिए । अक्सफोर्ड विश्वविद्यालयका अनुसार, डेटा प्रकाशित गर्नका लागि साइन्टिफिक जर्नलको स्वीकृतिको प्रतीक्षा गरिएको छ ।