२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

पहिरोमा परी बझाङमा ४ घाईते, २ जना बेपत्ता

बझाङ : लगातारको बर्षा संगै बुङगल नगरपालीका वडा नं ५ मिडीमा गयराती पहिरो गएको छ।

पहिरोमा परि चार जना घाईते भएका छन भने २ जना बेपत्ता भयका छन्। घरमाथि बाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको छ।

नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका तीन जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन्।

पहिरोमा परेर ४० बर्षिया पिपला ताम्राकार, १८ बर्षकी छोरी सुनिता र १२ बर्षकी टिन्टी ताम्राकार र १६ बर्षका अनिल ताम्राकार घाईते भएका छन्। घाईते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भईरहेको छ।

१४ बर्षका छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडा बेपत्ता छन्।

दुबै जनाको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपि गणेश बमले बताए। पहिरोका कारण १५ घर उच्च जोखिममा रहेको स्थानिय सुरेश कुवँरले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।