२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु

 ➡ भेटघाट गर्न श्रीमतीलाई अस्ट्रेलिया छाडेर आएका कञ्चनपुरका तपेन्द्र विलाए

डडेल्धुरा– उच्च शिक्षाको सिलसिलामा ५ वर्षअघि तपेन्द्र बडुवाल अस्ट्रेलिया हानिए। मिडिया क्षेत्रमा काम गर्ने राधीका बोहरालाई बिहे गरेर उतै लगेका कञ्चनपुरको बेदकोट नगरपालिका—१० का २८ वर्षीय बडुवाल केही दिनअघि मात्रै घर फर्किएका थिए।

उता श्रीमतीलाई घरमा परिवार भेटेर फर्किने बाचा गरेका तपेन्द्र अब अस्ट्रेलिया फर्कन सक्ने छैनन्। श्रीमतीसँग गरेको त्यो त्यो बाचा अब कहिले पूरा हुने छैन। यतिबेला श्रीमानको बाटो कुरेर बसेकी राधीकाका आँसु थामिरहेका छैनन्। नेपालमा श्रीमानको मोटरसाइकल साइकल दुर्घटनामा मृत्यु भएपछि राधीकासँगै पूरै बडुवाल परिवार शोकमा डुबेको छ।

हिजो आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बडुवालको मृत्यु भएको थियो।

बडुवालले चलाएको सुदुरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षिया गरिमा महता घाइते भएकी छन्।उनको अवस्था सामान्य रहेको छ।

ट्याक्टर र चालक कृष्णपुर–८ का ४२ वर्षिय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।