कञ्चनपुर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले ३३ जना साधारण सदस्यहरुको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
महासंघका कार्यावाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले दुई बर्ष सम्म सदस्यता नवीकरणका लागि महासंघको सम्पर्कमा नआएकाहरुको सदस्यता खारेजका लागि पत्रकार महासंघ केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
महासंघमा शुद्धिकरणको चर्चा चलिरहेका बेला महासंघले विधान अनरुप नवीकरणका लागि अनुपस्थित साधारण सदस्यहरुले सदस्यता खारेजीका लागि निर्णय गरिएको कार्यावाहक अध्यक्ष उपाध्यायले जानकारी दिइन ।
महासंघको सो शाखाले पहिलो पटक यति ठुलो संख्यामा सदस्यता खारेजका लागि सिफारिस गरेको हो ।
Views: 28