२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

समाजसेवामा लागेका पनेरुको जीवन कथा

                        अभियान गर्दा  कठिनाईहरु आउछन् म सामना गरेरै अगाडि बढ्छु ।
डडेल्धुरा (दिपकराज भट्ट) – डडेल्धुराको भागेश्वर गाँउपालिका २ रुपालमा वि.संं २०२५ असार ३१ गते जन्मनु भएका सिद्धराज पनेरुले एस.एल सि सम्मको पढाई असिग्रमा मा.वि. रुपालमा गरेका थिए । उनी सानै देखि पढाई अब्बल थिए। उनले पढाई सँगै सामाजिक कार्यको थालनी बालापन देखि नै गरेका थिए । उनी भन्छन म सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलेको मैले विद्यालयमा पाउने कार्यक्रमका पुरुस्कार नै हुन ।

हरेक कार्यक्रममा भाग लिदा मैले उतकृष्ट स्थान हासिल गथ्र्ये जस बाफत पुरुस्कार पाउने गथ्र्ये । उनी हाल धनगढीमा बस्दै आएका छन् । उनको अभियानहरु बिशेष गरेर सामाजिक संञ्जाल बाटै हुने गर्छन् ।
पनेरु मानवसेवा आश्रम धनगढीका अभिभावकको रुपमा रहेका छन् भने गोपाल हमाल द्धारा संञ्चालित निशुल्क महा प्रथान यान अभियानका सम्र्पक व्यक्ति पनि हुन ।
उनले आफ्नो जन्म भुमी प्रतिको मायालाई निरन्तरता दिदै आएका छन् । उनले वि.सं. २०७२ सालमा स्व बुबा जगन्नाथ पनेरु का नाममा रु ४ लाख बरावरको असिग्राम मा.वि. रुपालमा सरस्वति मन्दिरको निमार्ण गरे भने २०५४ मा बुबाको नामबाट प्रतिभा कोष स्थापना गरेका छन् । जुन कोषको व्याज बाट छात्राहरु लाई पुरुस्कार दिने गरिन्छ । वि.सं. २०७० सालमा आमाको नाम बाट चन्द्रा देवि प्रतिभा कोष स्थापना गरेका थिए ।
उनले परसुराममा रहेको खिट्केश्वर कैलपाल मन्दिरका लागि केहि समय अगाडि अभियान चालेका थिए अभियानको मुख्य उद्धेश्य भनेको मन्दिरमा सामग्रीहरु जोहो गर्नु थियो । जुन अभियान बाट रु २९ हजार १ सय रुपैया संकलन भएको थियो । सो रकम बराबरको बाकस, र कपडाहरु किनिएको थियो । यस्तै पनेरुले अहिले असिग्राम मा.वि. का लागि गुणस्तरिय साउन्ड सिस्टम अभियान चलाएका छन् । सो अभियानमा देश तथा बिदेश बाट १२ जनाले सहयोग गरिसकेका छन् यो अभियान असार मसान्तसम्म चलाउने पनेरु बताउछन् । आफु समाजिक कार्यका लागि सदैब लाग्ने उनको अठोट छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।