२०८३ कार्तिक १ शनिबार
२०८३ कार्तिक १ शनिबार

९० वर्षको उमेरमा अनितालाई नागरिकता

डडेल्धुराः डडेल्धुराकी अनिताले ९० वर्षमा नागरिकता प्राप्त गरेकी छिन्। जिल्लाको अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी हुन्। दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त छिन्।

प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपाने सहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित थिइन्। नागरिकता पाएसँगै अब उनले सामाजिक भत्तासमेत पाउँदै छिन्।

अमरगढी–३ डोटी घटाल क्षेत्रको मरकट्टे गाउँकी ज्येष्ठ नागरिक विष्टको साहारा बुहारी र नातिनी छन्। छोरा रोजगारीको सिलसिलामा भारतमा छन्। पतिको मृत्यु दर्ता र छोरा बुहारीको नागरिकता भएको आधारमा उनलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।