सिलबन्दी बोलपत्र खरिद गर्न सकिने र हिजो(भदौ १) गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गर्न सकिने जानकारी दिएको थियो। भने, सोही दिन दिउँसो २ बजे बोेलपत्र खोलिने सूचनामा उल्लेख गरिएको थियो।
बोलपत्रमा मासिक बहाल रकम न्यूनतम् १० हजार तोकिएको थियो भने अधिकतम रकम तोकिएको थिएन। त्यसैका लागि डडेल्धुराकै प्रकाश जोशीले २० हजार २ सय रकम उल्लेख गरी बोलपत्र दर्ता गरे। उनीसँगै अन्य ११ जनाले आ–आफ्नो बोलपत्र दर्ता गराएका थिए।
तर हिजो भदौ १ गते रेडक्रसले आफुले तोकेको समयमा बोलपत्र खोलेन। बोलपत्रदाताहरुलाई आफ्नो अन्य बैठक भएको भन्दै रेडक्रसले बोलपत्र आज अर्थात २ गते खोलिने जानकारी दिएको जोशीले बताए। ‘तोकेको समयमा बोलपत्र नखोलेकाले हामीलाई शंका लाग्यो’ उनले भने, ‘त्यसपछि हामीले आफ्नो बोलपत्र देखाउन भन्यौ। सबैको बोलपत्र खोलिएको र पुनः लाहा छाप र पिन लगाएको अवस्थामा भेटियो।’ १ गते राति नै सबैको बोलपत्र खोलेर हेरिएको र रेडक्रसले आफुले चाहेको मान्छेले टेण्डर नपाउने थाहा पाएपछि आनाकानी गरेकाले हामीले स्थगित गर्न लगाएकाे उनले बताए।
आफुहरुले बढी रकम उल्लेख गरेको तर उसले चाहेको मान्छेले कम रकम उल्लेख गरेको भएर रेडक्रसले बोलपत्र सार्वजनिक नगरेको अर्का बोलपत्रदाता निलकण्ठ भट्टले बताए। ‘अहिले आफुले सूचनामा अधिकतम रकम उल्लेख नगरेको कारण देखाउँदै रेडक्रसले बोलपत्र स्थगित गरेको छ’ उनले भने, ‘यो त सरासर मिलेमतोमा आफ्नो मान्छेलाई टेण्डर पार्न गरिएको षडयन्त्र हो।’ जोशी र भट्टसँगै अन्य १० जना बोलपत्रकर्ताहरुले समेत रेडक्रस उक्त कदमको बिरोध गरेका छन्।
उता रेडक्रस जिल्ला शाखाका प्रशासकिय अधिकृत किशोर अवस्थीले भने बोलपत्रकर्ताले बिरोध जनाएपछि आफुहरुले स्थगित गरेको प्रतिक्रिया दिए। ‘हामीले उहाँहरुकै सहमतीमा बोलपत्र अर्कोपटक खोल्ने गरी स्थगित गरेका हौ। उहाँहरुले भनेजस्तो केही गडबड भएको छैन।’
त्यस्तै रेडक्रस कार्यसमिति सदस्य नरेश थापाले पनि कर्मचारीले टेण्डर खोल्दा अस्पष्ट सूचना उल्लेख गरेकाले अर्कोपटक खोल्ने गरी बोलपत्र स्थगित गरिएको जानकारी दिए।
जिल्ला रेडक्रस सोसाइटीले डडेल्धुरा अस्पताल डडेल्धुराले रक्त संचार गृहका लागि सहमतिमा दिएको जग्गामा बनाइएकाे भवन यसअघि पनि एक मेडिकललाई भाडामा दिएको थियो। उक्त सम्झौताको समयअवधी सकिएपछि पुनः यसपटक रेडक्रसले घर भाडाका लागि बोलपत्र आव्हान गरेको हो। तर यसबारे भने डडेल्धुरा अस्पतालका मेसु जगदिस विष्टले आफुलाई कुनै जानकारी नभएको बताए।
दिनेश खबर बाट साभार