डडेल्धुराः डडेल्धुराको आलिताल, भागेश्वर, गन्यापधुराका अधिकान्स क्षेत्रका पशुहरुमा लम्फी स्किन देखा परेकोछ । लम्पी स्किनले गाईगोरु मर्नथाले पछि पशुपालन किसान चिन्तित बनेका छन । डडेल्धुराका गाउँहरुमा लम्पी स्किन अनियन्त्रित रुपमा फैलिएको छ । आलिताल गाउँपालिका–२ गांखेतका गाउँमा ४०–५० गाईगोरु मरेको वडा अध्यक्ष प्रमोद मल्लले जानकारी दिए । यस्तै भागेश्वर गाँउपालिकाको वडा नम्बर ३ र ४ मा यो रोग देखा परेकोछ यसको नियन्त्रणका लागि भागेश्वरका पशु प्राविधिकहरु गाँउमा गएर उपचार गर्दै आएको भागेश्वर पशु शाखा प्राविधिक महोन शार्किले बताउनुभयो ।



खेतीपाती गर्ने समयमा गोरु मर्न थालेपछि किसानलाई आर्थिक भार पर्ने चिन्ता किसानमा रहेकोछ । दुधालु गाई, बाच्छा समेत मर्न थालेपछि किसान चिन्तित भएको उनको वडा अध्यक्ष मल्ल्को भनाई छ । गाईगोरुमा खटिरा देखिए संगै घाउ भई किरा समेत परेको उनले जानकारी दिए । गाउँपालिका पशुशाखा, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले औषधी पठाए पनि रोग नियन्त्रण हुन नसकेको उनले बताए ।

आलिताल गाँउपालिका–२ संगै अमरगढी नगरपालिका–२, ३ मा लम्पी स्किन अनियन्त्रित रुपमा फैलेका विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख पशु चिकित्सक देवराज भट्टले बताए । वडा नंंं ३ मा बढि संक्रमण देखिएको उनको भनाई छ । भागेश्वर गाउँपालिका–३ को राडील गाउँबाट डडेल्धुरामा यसको संक्रमण फैलिएको उनले बताए । हाल भागेश्वर गाउँपालिका–१,२,३ का विस्तडी, चुल्ल, खाल्टा गाउँमा समेत यसको संक्रमण फैलिएको उनले बताए ।


उनका अनुसार आकस्मिक रोग नियन्त्रण शाखामा मौजुद बजेटबाट औषधी खरिद गरि प्रभावित क्षेत्रमा पठाईएको थियो । लम्पी स्किनको भ्याम्सिन नबनेकाले नियन्त्रण गर्न समस्या भएको उनले बताए । यसको सुरुवातको संक्रमणमा रोकथाम गर्न सकिदैन । उनले भने, दोस्रो उपचारमा घाउ, खटिरामा भलाउने औषधीको प्रयोग गरिन्छ । केन्द्र संग आवश्यक जनशक्ति नभएकाले गाउँपालिका संग समन्वय गरि औषधी उपचार गरिन थालिएको उनले बताए । डडेल्धुराका गाउँमा गाईगोरुमा देखापरेको संक्रम लम्पी स्किन नै भएको क्षेत्रिय प्रयोगशाला धनगढीले प्रमाणित गरिसकेको उनले जानकारी दिए ।
संक्रणकै विषयमा प्रयोगशाखाले गोष्ठिको आयोजना समेत गरिएको उनले बताए । मंगलबार देखी संक्रणको अवस्थाबारे गाउँपालिकाहरुमा तथ्यांक संकलन गरिन थालिएको जानकारी दिए । उनका अनुसार डडेल्धुरामा गत वर्ष परशुराम नगरपालिकाको साँदनी गाउँमा संक्रमण देखा परेको थियो । गत वर्ष प्रकोपका रुपमा भने फैलिएको थिएन । नेपालमा करिब पाँच वर्ष अघि झापा जिल्लामा संक्रमण देखिएको थियो । नयाँ रोग भएको र भ्याक्सिन बनाउन नसकिएकाले लम्पी स्किन प्रकोपका रुपमा फैलन थालेको उनको भनाई छ ।


















