२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

दिनभर आज खबरदारी न्युज अपडेट

१) हाकिम ले हाले नगरप्रमुख–उपप्रमुख विरुद्ध मुद्दा

बैतडी – बैतडीको पुरचौडीं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर नेपालीले नगरप्रमुख र उपप्रमुख विरुद्ध पाटन उच्च अदालतमा मुद्दा हालेका छन्। उनले नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मिना धानुकले काम गर्ने वातावरण विथोलेकाले कामकाज गर्ने वातावरण मिलाउने आदेश माग गर्दै मुद्दा दर्ता गरेका हुन्।
२) सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु ः प्रधानमन्त्री प्रचण्ड

महेन्द्रनगर— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन्।

कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे।

३) दुर्गा प्रसाईंसँग २ करोड माग्ने रास्वपाका सांसद श्रेष्ठ कारबाहीमा

काठमाडौँ – पार्टी हितविपरीत काम गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने भएको छ । रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने भएको हो ।

४) डडेल्धुरामा चालिस हजार राशि को फुटवल आयोजना हुने

डडेल्धुरा – डडेल्धुरामा ४० हजार राशिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डडेल्धुराको गन्यापधुरा १ भात्काडामा रहेको मिलन युवा क्लबको आयोजना खेल संञ्चालन हुने कुश देउवाले जानकारि दिए । खेलमा प्रमथ हुने टिमले चालिस हजार ४० रुपैया नगद सहित सम्मान पत्र र ट्रफि पाउने छ भने द्धतीय हुने टिमले नगद २० हजार २० रुपैया सहित सम्मान पत्र र ट्रफि पाउने छ भने बेष्ट गोलकिपर १५ सय नगद सहित ट्रफि, बेष्ट प्लेयर ले १५ सय नगद सहित ट्रफि पाउने छ ।
५) ७ सय ग्राम चरेश सहित डडेल्धुराका ६० बर्षिय पाण्डेय पक्राउ
डडेल्धुराः डडेल्धुराका ६० बर्षिय करनराज पाण्डेय पक्राउ परेका छन् । उनको साथ बाट सात सय ग्राम चरेश सहित उनलाई प्रहरिले नियन्त्रणमा लिएको थियो ।
पाण्डेय अमरगढी नगरपालिका–८ खनमडाका बाट पक्राउ परेका हुन् । पाण्डेयले आफ्नो खुद्रा लागुऔषध चरेसको कारोेबार गर्ने गरेको छ भन्ने गोप्य सूचनाका अनुसार जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले पाण्डेयलाई शनिबार बेलुकी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

#NOTICE
#NOTICE

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।