२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

९१ वर्षीया अनिता, जसको छैन नागरिकता

        सरकारि सेवा सुविधा बाट वंञ्चित              
डडेल्धुरा — डडेल्धुराको अमरगढी नगरपालिका–३ घर भएकी अनिता विष्ट उमेरले ९१ वर्ष पुगिन् । उनका दुईवटै आँखाले ज्योती गुमाइसकेको छ । एक छोरा र पाँच नातिनातिनीहरू छन् । अनिताले नागरिकता भने पाएकी छैनन् । नागरिकता पाउनबाट वञ्चित उनी सामाजिक सुरक्षा भत्ताबाटसमेत वञ्चित छिन् । जिल्ला प्रशासन कार्यालय उनको घरभन्दा करिब पाँच किलोमिटरको दूरीमा छ । वडा कार्यालय करिब एक किलोमिटिरको दूरीमा छ तर हालसम्म विष्टले नागरिकता पाएकी छैनन् ।
जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएकालाई घरमै पुगेर नागरिकता उपलब्ध गराउने अभियान सञ्चालन गरेको छ तर विष्ट कहाँ भने प्रशासनको टोली अmभै पुग्न सकेको छैन । वडामा निर्वाचित जनप्रतिनिधिहरूले नै उहाँलाई नागरिकता उपलब्ध गराउन आवश्यक पहल गरेको छैन । उनकी नातिनी निर्मला विष्टले भनिन्, नागरिकता बनाउनुपर्छ भनेर पनि कोही कसैले हामीसँग भनेनन्। कक्षा ९ मा अध्ययनरत निर्मलाको भने नागरिकता बनाउने उमेर पुगेको छैन।
बुवा पहिलेदेखि नै भारतमा बस्ने र आफूहरू पनि सानै भएका कारण बज्यैको नागरिकता बनाउन कुनै पहल नगरेको उनको भनाइ छ। उनी नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी छिन् । विष्टको माइती घर भारत भएको र त्यहाँबाट कुनै कागजात प्राप्त हुन नसकेकाले नागरिता बनाउन समस्या भएको वडाअध्यक्ष तीर्थबहादुर ऐरले बताए ।

माइतीबाट जन्म खुल्ने प्रमाण केही झिकाउनु भनेर जिल्ला प्रशासन कार्यालयले भने अनुसार उनका छोरालाई भनेको र उहाँले झिकाउन नसकेका कारण अनिता नागरिकता पाउनबाट वञ्चित हुनु भएको ऐरले स्पष्ट पारिन् ।

ADD
ADD

 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।