२०८३ जेष्ठ १३ बुधबार
२०८३ जेष्ठ १३ बुधबार

डडेल्धुरामा आरन पेसा संकटमा

डडेल्धुरा –डडेल्धुरामा आरन पेसा संकटमा पर्दै गएको छ । पछिल्लो समयमा युवाहरु वैदेशिक रोजगारका लागि पलायन हुँदै गएपछि यसको असर आरन पेसामा पनि पर्दै गएको हो ।
आरन पेसा पुस्तान्तरण हुन सकेको छैन । भागेश्वर गाँउपालिका ४ का ५७ वर्षीय लाल टमटा भन्छन्, ुमैले सानै उमेर ९१२ वर्षको उमेर०देखि आरन पेसा गर्दै आएको छु, तर आजभोलि यो पेसा युवापुस्तालाई कमै थाहा छ । हाम्रा छोराछारीहरु रोजगारीका लागि विदेश नै ताक्छन्, समस्या यही हो ।ु

उनले महंगी बढेसँगै गाँउमा आरन पेसा गरेर मात्र परिवार पाल्न नसकिने भएकाले पनि यो पेसा संकटमा परेको दुखेसो पोखे । उनी भन्छन्, ुहामी आरन पेसा गरेबापत खलो ९खाद्यान्न० लिने गरेका थियौं । पछिल्लो सयमय महंगी बढेसँगै गाँउमा आरन पेसा गरेर मात्र परिवार पाल्न नसकिने भएकाले यो पेसा संकटमा परेको हो, यति मात्र होइन प्रविधिको युगसँगै ग्रहाकहरुले बजारबाटै औजारहरु ल्याउने गरेकाले पनि हामी यो पेसा छाड्ने अवस्थामा पुगेका छौं ।ु
आरन पेसालाई पुस्ताान्तरण गर्नका लागि जिल्ला घरेलु कार्यालय डडेल्धुराले प्राविधिक सहयोग गरेपनि बिउ पुँजी सहयोग गर्न नसक्दा यो पेसा पुस्तान्तरण हुन नसकेको कार्यालयका प्रमुख केशव भण्डारीले बताए ।

यसलाई सरकारले मुख्य प्राथमिकतामा राखेर नयाँ प्रविधिको विकासमा उद्योग स्थापना वा उद्यमीलाई प्रोत्साहन गर्दै जानुपर्ने व्यवसायी ठगीराम टमटा बताउँछन् । नजिकै बजार भएपनि निर्माण गरिएका भाँडाकुँडा बजारमा बिक्री नभई गाउँघरमै कारोबार भइरहेको उनले सुनाए । गाउँघरमा यसको निश्चित मूल्य पनि नभएका कारण बिक्री गर्न पनि समस्या हुने उनले बताए । अहिले युवाहरुलाई लक्षित गरेर तालिम सञ्चालन गरिएपनि युवाहरुको उपस्थिति न्यून रहेको छ ।

डडेल्धुरामा आरन व्यवसायीहरुले फलामका भाडाँकुडा, फाली, हसिया,कोदालीका साथै विभिन्न मूर्तिहरु बनाउँदै आएता पनि बजारमा उचित मूल्य भने पाउन सको छैनन् । ग्रहाकहरुले विभिन्न औजारहरु स्थानीय बजार डडेल्धुरा र कैलाली कञ्चनपुरबाट खरिद गर्दै आएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।