ललित ऐर कञ्चनपुर – शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ मा रहेको छाडा पशु चौपाया व्यवस्थापन को लागि एनिमल नेपालले आथिक सहयोग गरेको छ ।
एनिमल नेपालले छोडिएका पशु चौपाया हरुको लागि ३५ हजार बराबरको ब्रान नुन र ७० हजार बराबरको पशु चौपायाको औषधी सहयोग गरेको हो ।
बिन्द्राबन सामुदायिक वनको २० बिगामा रहेको २ सय ७५ छाडा पशु चौपायाको व्यवस्थापन को लागि सहयोग गरेको हो । तार बार पिल्लर र लेबर को खर्च लगाएए ८ लाखको हराहारीमा पशु चौपाया व्यवस्थापन बनेको र छाडा पशु चौपायाको हेरबिचार र रेखदेखको लागि ३ जना राखेको अध्यक्ष रमेश बहादुर ऐरले बताउका छन ।
केही महिना अघि शुक्लाफाटा नगरपालिकाको हाता भित्र नै छोडिएका पशु चौपाया हरु शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ऐरले आफूले जिम्मेवारी लिइ वडा नम्बर ९ कै बिन्द्राबन सामुदायिक बनमा व्यवस्थापन गरेका हुन।
शुक्लाफाटा नगरपालिकाको नै समस्याको रुपमा रहेको छाडा पशु चौपाया व्यवस्थापन को लागि वडा नम्बर ९ का समाजसेवी सर्बदलिय व्यतिहरुको उपसमिति बनाइएको छ ।
अब उपरान्त कसैले पशु चौपाया छोडिएको भेटिएमा कडा भन्दा सजाय गर्ने अध्यक्ष ऐरले बताए ।