२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ, कारबाहीको माग

नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ बनाइएको छ। मंगोलहप र्‍याप मार्फत आज युट्युबमा सार्वजनिक गीतमा नेपालको झण्डा जलाइएको दृश्य राखिएको छ। https://www.youtube.com/watch?v=THyGVAWzSx4&feature=emb_title

जातिय द्वेष फैलाउने विषयलाई प्राथमिकता दिएर बनाइएको भिडिओमा नेपाली ढाका टोपीको समेत अपमान गरिएको छ। गीतमा प्रयोग गरिएका हरेक शब्दले साम्प्रदायिक हिंसा फैलाउन उस्काउन खोजिएको छ।

झण्डै ९०० लाइक आएको उक्त भिडिओमा भने ४१ हजार बढी डिसलाइक आएको छ। ४ मिनेट २७ सेकेण्डको उक्त भिडिओमा राजनीति दलका शिर्ष नेताहरूको तस्वीर समेत जलाइएको छ।

अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा आपत्ति जनाएका छन्। उक्त गीतमाथि प्रतिबन्ध लगाएर कलाकारमाथि कारबाहीको माग समेत गरिएको छ।

नेपाल प्रहरीलाई त्यस्तामाथि कारबाही गर्न माग गरिएको हो। विभिन्न संघ संस्था तथा व्यक्तिहरूले उक्त भिडिओबारे प्रहरीमा उजुरी दिने तयारी समेत गरिएको छ। 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।