१२ जना सामान्य घाइते



डडेल्धुराः डडेल्धुरामा शुक्रवार जिप दुर्घटना भएको छ । डडेल्धुरा सदरमुकामबाट रडुवातर्फ जादै गरेको से १ ज १०५९ नम्बरको जिप राई नजिकै दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित १२ जना सामान्य घाइते भएको डडेल्धुरा प्रहरीले जनाएको छ । उनीहरुमध्ये ६ जनाको डडेल्धुराको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र ६ जनाको डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । जिप सडकमै पल्टिएको थियो । दुर्घटनाको कारण खुल्नको छैन ।
Views: 637

























