२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

बेलायती अभिनेता रेगे जीन पेज संसारकै सुन्दर पुरुष घोषित

काठमाडौं – बेलायती अभिनेता रेगे(जीन पेज संसारका सबैभन्दा सुन्दर मानिस घोषित भएका छन् । ‘ब्रिजर्टन’ सिजन(१ मा सिमोन बासेटको भूमिकामा खेल्दा मात्र नभएर एक नयाँ अध्ययनले उनलाई संसारकै सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको प्रमाणित गरेको छ ।

हालै ३४ वर्षीय यी अभिनेताको अनुहारको विश्लेषण गरिएको थियो । जसको नतिजामा उनी सबैभन्दा सुन्दर पुरुषमध्ये एक भएको निष्कर्ष निस्कियो । यो अनुसन्धान ग्रीक गोल्डेन रेसियो अफ ब्युटी फिको प्रयोग गरेर गरिएको थियो, जुन पुरातन प्रणालीले शारीरिक पूर्णता मापन गर्छ । जसअनुसार रेगेको मामलामा यो ९३।६५ प्रतिशत सही थियो ।

रेगेपछि क्रिस हेम्सवर्थ ९३।५३ प्रतिशतका साथ दोस्रो र माइकल बी जोर्डन ९३।४६ प्रतिशतका साथ तेस्रो स्थानमा छन् । गायक ह्यारी स्टाइल ९२।३० प्रतिशतका साथ चौथो स्थानमा छन् । कम्प्युटराइज्ड म्यापिङ प्रविधि प्रयोग गर्ने हार्ले स्ट्रीट फेसियल कस्मेटिक सर्जन डा। जुलियन डे सिल्भाले सूची तयार पारेका थिए ।

नयाँ अध्ययन र यो कसरी भयो भन्नेबारे सिल्भालाई उध्दृत गर्दै बेलायती अखबार डेलीमेल लेख्छ, ‘यो नयाँ कम्प्युटर म्यापिङ प्रविधिले हामीलाई शारीरिक रूपमा सुन्दर बनाउँछ र बिरामीको शल्यक्रियाको योजना बनाउँदा प्रविधि कति उपयोगी छ भन्ने रहस्यलाई समाधान गर्न अनुमति दिन्छ ।’

रेगेले पहिलो स्थान पाएको प्रतिक्रिया दिंदै उनले भने, ‘रेगेले आफ्नो उत्कृष्ट अनुहार र सुन्दर खैरो आँखाका कारण जितेका थिए । उनले सजिलैसँग आफ्नो आँखाको दूरीको लागि उच्चतम स्कोर प्राप्त गरे । उनको आँखाको स्थितिले पनि उच्च स्कोर पाउन सक्यो ।’ उनको पूर्ण आकारको ओठले पनि उच्च स्कोर प्राप्त गर्‍यो । अलिकति कम अंक प्राप्त गरेको उनको नाकको चौडाइ र लम्बाइ थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।