२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौंः उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का नेता रामसहायप्रसाद यादव निर्वाचित भएको छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित बनेका हुन् ।

उपराष्ट्रपतिमा निर्वाचित यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गरेका छन् । उनले संघतर्फ १ सय ८४ र प्रदेश सभातर्फ ३ सय २९ मत प्राप्त गरेका हुन् ।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन् । जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए । उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवलाई एक प्रदेशसभा सदस्यले भने मत दिएकी छन् ।
उपराष्ट्रपतिमा निर्वाचित यादव बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।