२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

एसईई पास भएकालाई टेलिकमको गिफ्ट, आकर्षक प्याकेज सहितको नयाँ सिम निःशुल्क

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले एसईई पास गरेका विद्यार्थीहरुलाई विशेष सुविधा भएको सिमकार्ड दिने भएको छ । कम्पनीले ३० दिनसम्म एभ्रिडे गिफ्ट तथा रिचार्जमा एक वर्षसम्म डेटा, भ्वाइस तथा एसएमएस उपलब्ध गराउन यो नयाँ अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार विद्यार्थीले नयाँ यो सिम खरिद गरेको ३० दिनसम्म प्रत्येक दिन सय एमबी डेटा, १० मिनेट भ्वाइस र पाँच वटा एसएमएस प्राप्त गर्ने छन् । एभ्रिडे गिफ्ट नाम दिइएको यो प्याकेजमा कूल तीन जीबी डेटा, ३०० मिनेट टकटाइम (टेलिकम–टेलिकम) र १५० वटा एसएमएस प्राप्त हुनेछ ।
साथै ५० रुपैयाँमाथिको हरेक रिचार्जमा एकवर्षसम्म ५०० एमबी डेटा, ५० मिनेट टकटाइम र ५० वटा एसएमएस मिल्नेछ । हाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीले समेत एभ्रिडे गिफ्टको सुविधा लिन सक्ने टेलिकमले जनाएको छ ।
टेलिकमको रिवार्ड सहितको नयाँ सिम लिन नजिकैको टेलिकम अफिसमा सम्पर्क राख्नुपर्नेछ । त्यसका लागि साथमा एसईई परीक्षाको आईडी कार्ड, फोटो र सम्बन्धित विद्यार्थी वा अभिभावकको परिचयपत्र हुन जरुरी छ ।

यस अघि नै आफूसँग भएको सिममा टेलिकमको अफर एक्टिभ गर्न *१६००# डायल गरी प्राप्त निर्देशनको पालना गर्नुपर्नेछ । कम्पनीले एसईई पास भएका विद्यार्थीहरुलाई अनलाइन क्लासका लागि आफ्नो ईशिक्षा प्याकेज समेत उपलब्ध गराउनेछ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।