२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

सीटीईभीटीले खुलायो निःशुल्क तालिम, कसरी दिने आवेदन ?

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा युवाहरुलाई निःशुल्क तालीम दिने भएको छ । कुल ६० जना युवाले व्यवहारिक तालिम प्राप्त गर्ने परिषद्ले जनाएको छ । परिषद्को बागमती प्रदेश कार्यालय र बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा यस्तो तालिम सञ्चालन हुने भएको छ ।

२२ फागुनदेखि ६ चैतसम्म तालिमका लागि आवेदन दिन सकिने भएको छ । परिषद्ले मोबाइल फोन रिपेयर टेक्निसियनमा २० जना, कम्प्युटर हार्डवेयर टेक्निसियनमा २० जना र प्रोफेसनल प्लम्बरमा २० जनाले तालिम निःशुल्क पाउने भएका छन् । यस्तो तालिम क्रमशः ३९०, ३९० र १६९६ घण्टा अवधिको हुने छ । साधारण लेखपढ गर्न जान्नेले तालिममा भाग लिन सक्ने छन् । दैनिक ६ घण्टासम्म पढाइने भएको छ । अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने भएको छ ।

हेर्नुहोस् सूचनाः

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।