डडेल्धुरा ः स्ववियु निर्बाचन नजिकिय संगै डडेल्धुराको डडेल्धुरा बहुमुखी क्याम्पसमा बिधार्थी संगठनहरुले तयारी तिब्र परेका छन् । आ आफ्नो संगठन बाट उम्मेदवार छनौट गरेका छन् । चैत्र पाँच गते हुने चुनावका लागि डडेल्धुरामा चर्चामा रहेका नामहरु हुन् ः

दुर्गा प्रसाद भट्टः डडेल्धुराको गन्यापधुरा गाँउपालिका घर भएका भट्ट डडेल्धुरा बहुमुखी क्याम्पसमा कम्प्युटर संखाय बिषयमा अध्ययनरत छन् । उनलाई सभापति पदका लागि नेविसंघ जिल्ला कमिटीले सर्वसम्मत चयन गरेकोछ ।
दुर्गा भन्छन् आफुले क्याम्पसको हकहितका लागि काम गर्ने , विद्यार्थीहरुको हकहितमा लागि काम गर्नेछु ।
मदन बोहरा(एम.बी) ः डडेल्धुराको नवदुर्गा गाँउपालिका घर भएका मदन बोहरा डडेल्धुरा बहुमुखी क्याम्पसका विद्यार्थी हुन् । उनलाई क्याम्पसका पाँच संगठनले सहयोग गरेका छन् । बोहरा पाँच संगठनको सयुक्त उमेदवारका रुपमा चर्चामा रहेका छन् । उनलाई अखिल छैटौ, अखिल कान्तिकारी , अनेरास्ववियु(समाजवादी), अखिल क्रान्तिकारी (विप्लव), र नेविसंघ विपिको साथ रहेकोछ । बोहरा नेविसंघ विपि का डडेल्धुरा अध्यक्ष पनि हुन् ।
गणेश बहादुर क्षेत्री ः क्षेत्री डडेल्धुराको अमरगढी नगरपालिका हो । उनले अनेरास्ववीयु बाट उमेदवारी दिएका छन् । क्षेत्री जिल्ला कमिटि उपाध्यक्ष र अनेरास्ववियु डडेल्धुरा बहुमुखी क्याम्पस कमिटी इन्चार्ज बिगत ९ बर्ष देखि अनेरास्ववियु को राजिनितीमा सकिृय रहेका छन् ।






















