२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

लायन्स क्लब सामाखुसीले उपलब्ध गराएको एसएनसियु हस्तान्तरण नहुदै गायब

डडेल्धुरा अस्पतालाई सामाखुसी लायन्स क्लब काठमाण्डौले उपलब्ध गराएको करिब २० देखी २५ लाख रुपैया पर्नेे एसएनसियु (नवजात शिशु विषेश स्याहार कक्ष) हस्तान्तरण नहुदै गायब भएको छ ।

डडेल्धुरामा रहेको अमरगढी लायन्स क्लबको माग र केन्द्रिय लायन्सहरुको पहलमा सामाखुशी लायन्स क्लब काठमाण्डौले देशभरीका केही लायन्स क्लबहरु मार्फत अस्पतालहरुमा एस एसनसियु स्थापनाका लागि सामाग्रीहरु उपलब्ध गराएको बुझिएको छ तर डडेल्धुरा अस्पतालका लागि उपलब्ध गराएको ११ कार्टुन सामाग्री भने गायब गरिएको छ ।
अमरगढी लायन्स क्लब डडेल्धुराका १९/२०का अध्यक्ष अमर पुनले सामाग्री पोखराबाट ल्याएर डडेल्धुरा अस्पलातको परिसरभित्र पुर्याएको दाबि गर्दै आएको छ भने अस्पताल प्रशासन यो विषयमा जानकारी छैन भन्दै गईरहेको छ ।

निस्वार्थ भावनाले स्थापना भएको लायन्स क्लबले करिब २५ लाख मुल्य पर्ने ११ कार्टुन सामाग्री कसरी र कहाँ हरायो भन्ने एकिन अमरगढी लायन्स क्लबसंग पनि देखिदैन किन भने कुन मितिमा अस्पतालमा सामाग्री पुरयाएको हो भन्ने नै एकिन नभएको र अस्पतालमा सामाग्री पुरयाउदा कुनै कर्मचारीलाई सामाग्री जिम्मा लगाएको प्रमाण लायन्स क्लब डडेल्धुराका १९/२० का अध्यक्षसंग नहुदा डडेल्धुरा अस्पताल प्रशासनले सामाग्रीका बारेमा जानकारी नभएको भन्दै अटेरी देखाएको छ ।

तत्कालिन अमरगढी लायन्स क्लब १९/२० का अध्यक्ष अमर पुनले कास्की पोखराबाट सामाग्री बुझेर कुरियर मार्फत धनगढी पुरयाएको र धनगढीबाट डडेल्धुराका एकजना व्यापारीको सामान डडेल्धुरा ल्याउने मिनिट्रकमा सामान आएको र उक्त सामान मंसिर ४ गते डडेल्धुरा अस्पतालको परिसरमा ट्रकले अनलोड गरेको बताउदै आएका छन् तर करिब २५ लाख मुल्य पर्ने सामाग्री डडेल्धुरा अस्पतालका कुन कर्मचारीलाई जिम्मा लगाए वा सामाग्री अनलोड हुदा अस्पताल वा लायन्स क्लबको कुनै प्रतिनिधी त्यहाँ रहेको देखिदैन ।

धनगढीबाट पसलको सामाग्री आएको र त्यसैमा लायन्सको सामाग्री ल्याई डडेल्धुरा अस्पतालमा सामाग्री अनलोड गरेपछि मात्रै मेरो पसलमा आएर मिनिट्रकले मेरो पसलको सामान अनलोड गरेको ति व्यापारीले बताएका छन् भने भने म बाट ट्रक चालकले अस्पतालमा सामान ढुवानी गरेको भाडा २ हजार ७ सय रुपैया मागेको र भाडा दिनु पुर्व लायन्स क्लबका अध्यक्ष अमर पुनलाई सोधेको र उनले सामान भेटियो तपाईलाई धन्यवाद पैसा दिदा फरक पर्दैन भनेपछि भाडाको रकम उपलब्ध गराएको थिए ।
लायन्स क्लबले उपलब्ध गराउने भनेको र अस्पतालमा सामाग्री पुगेको जानकारी छैन भन्ने अस्पताल प्रशासनले त्यो सामाग्री ल्याउनका लागि ढुवानी वाफत २२ हजार रुपैया समेत उपलब्ध गराएको स्विकार गरेको छ ।

तत्कालिन डडेल्धुरा अस्पतालका मेसु डा. जितेन्द्र कडेलले उक्त सामाग्री ढुवानीका लागि २२ हजार बढी रकम लायन्स क्लब डडेल्धुराका अध्यक्ष अमर पुनलाई दिएको स्विकार गरेको एक जना लायन्स क्लबका सदस्यले बताएका छन् । नवजात शिशु विषेश स्याहार कक्ष स्थापनाका लागि उपलब्ध गराएको सामाग्री गायब हुनुमा लायन्स क्लब डडेल्धुरा र डडेल्धुरा अस्पतालको उत्तिकै हात रहेको देखिन्छ ।
लायन्स क्लबले पोखरादेखी धनगढीसम्म कुन कुरियरमा ल्याएको हो र धनगढी देखि डडेल्धुरा अस्पताल पुरयाउदा कुन गाडीमा कसरी र ल्याए भन्ने कुनै प्रमाण छ्रैन र डडेल्धुरा अस्पताल परिसरभित्र सामान अनलोड गर्दा लायन्स क्लबका प्रतिनिधि नहुदा लायन्स क्लबको कम्जोरी देखिन्छ । धनगढी देखी डडेल्धुरा सामान पुरयाउदा प्रयोग भएको ट्रकलाई भाडा उपलब्ध गराउदा भपाई लिएको पनि देखिदैन ।
डडेल्धुरा अस्पतालले पनि सामाग्री अस्पताल पुगेको जानकारी नभएको भन्दै गैर जिम्मेवारी अभिव्यक्ति दिन मिल्दैन तत्कालिन अवस्थामा मेसु को थिए भन्ने कुराले अर्थ राख्दै हालको रहेको उनको जिम्मेवारीभित्र पर्दछ । यसै विषयमा केही दिन अघि यो विषमा कुरा गर्दा हालका मेसु जगदीश चन्द्र बिष्टले यो विषयमा आफुलाई जानकारी नभएको बताएका थिए र अस्पतालले सामान ढुवानी गर्नका लागि एक रुपैया पनि नदिएको बताएका थिए । यदि साच्चै यो विषयका बारेमा अस्पताल प्रशासनलाई जानकारी छैन भने लायन्स क्लब विरुद्ध किन बोल्न सकिरहेको छैन प्रश्न यहाँ छ ।

तत्कालिन मेसु डाक्टर जितेन्द्र कडेलले सामान ढुवानीका लागि २२ हजार रुपैया उपलब्ध गराएको स्विकार गर्दा अस्पतालको कुन शिर्षकबाट पैसा खर्च भयो भन्ने हेक्का अहिलेको अस्पताल प्रशासनले राख्ने कि नराख्ने ? तत्कालिन मेसु, स्टोर किपरलाई बोलाएर छलफल गराउन नसक्नुको कारण के त ? अर्कोकुरा यदि लायन्स क्बलले अस्पताल परिसरमा सामाग्री अनलोड गरेको दावा गरिरहदा अस्पताल प्रशासनले त्यो कुराको पुष्ट्याई गर्ने आधारहरु पनि रहेको देखिन्छ मंसिर १ गतेदेखी ५ गतेसम्म अस्पतालमा ११ कार्टुन सामाग्री ल्याएको ट्रक आयो कि आएन सिसि क्यामेरा फुटेज हेर्न सकिन्छ । अर्को अस्पताल गेटमा रहेका कर्मचारीलाई यो कुरा राम्ररी थाहा हुनसक्छ त्यो मितिमा कति कुन कुन गाडी भित्र आएका छन् त्यसको रेकर्ड राखिएको हुनुपर्दछ ।

त्यो सामानको विषयमा केही दिन अघि पनि कुरा उठेको र यसको वास्तविक छानविन गर्नका लागि अस्पताल विकास समिति अग्रसर रहेको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए । डडेल्धुरा अस्पतलाका नामले आएको सामाग्रीमा लायन्स क्लबले वा अस्पतालका कर्मचारी जो सुकै भए पनि कानुनी दायरामा लाईने समेत उनले बताएका छन् ।

तत्कालिन लायन्स क्लब अफ अमरगढीका अध्यक्ष समेत रहेका अमर पुनले क्लबका नाममा आएको सामाग्रीको खोजि नगर्दा सम्म क्लबको अध्यक्षको जिम्मेवारी नलिने प्रेम महरले बताएका छन् । केही दिन अघि मात्रै लायन प्रेम महरलाई २०/२१को अध्यक्ष पदभार हस्तान्तरण गरिएको छ तर मैले उक्त अध्यक्ष पद लायन्सका नामले आएको आएको सामाग्रीहरु खोजविन नहुदा सम्म स्विकार गर्न सक्दैन तत्कालिन अध्यक्ष पुनले ल्याएको भन्ने सामाग्री कति मुल्यको हो कसरी आयो कहा हरायो भन्ने आफुलाई कुनै जनाकारी नभएको समेत महरले बताए ।

विश्वकै सवैभन्दा ठुलो क्लबमा आवद्ध रहेका अमरगढी लायन्स क्लबका सदस्यहरुले क्लबमा नामबाट आएको समान जुनसुकै हालतमा पनि खोजि गर्नु पर्ने र लायन्स क्लबको साख घटाउने काम हुन नदिने बताएका छन् । गायब भएको सामानको खोजी गरि लायन्स क्लब अफ अमरगढीलाई अझ सक्रिय गराउने समेत लायन सदस्यहरुले बताएका छन् ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।