डडेल्धुरा –
मोरङको बुढिगंगा गाँउपालिकामा किशोरीहरुको २ दिने क्षमता अभिवृद्धि अभियान र पालिका स्तरिय किशोरी संजालको निमार्ण कार्यक्रमका संचालन भएको छ । औपचारिक कार्यक्रममा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले किशोरीहरूले शिक्षा ,स्वास्थ्य र आफुमा रहेको क्षमता देखाएर समाजलाई सुधार गर्न ठूलै योगदान दिन सक्छ सो कार्य प्रति लक्ष्यित रहनुपर्ने वताए साथै गाउँ पालिका स्तरको किशोरी संजाललाइ पनि शुभकामना दिनुभयो ।



करिब ५० जना किशोरीहरु सहभागिहरु भई म र मेरो लक्ष्य , किशोरवस्था नेतृत्व, समूह संजाल , यसको महत्व र आवश्यकता , पालिकास्तरिय संजाल निमार्ण भएको कार्यक्रम संयोजक भावना ऋषिदेवले बताईन् ।
किशोरीको हक अधिकार र जिम्मेवारी वुझ्दै शिक्षामा जोड दिनु पर्नेमा ग्रामीण विकास विज्ञ दर्शनराज न्यौपानेले वताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार ,समाजसेवी सरिता थापा मगर र चन्द्रकला चौधरी ,प्रशिक्षक पुष्प पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
यो कार्यक्रम देशभरका तीन सय युवाहरुबाट उतकृष्ट पाँच प्रस्तावनाहरु आवहान गरि छनौट गरिएको थियो । कार्यक्रम नेपाल लिडरसिप एकेडेमीको सहयोमा आयोजना गरिएको हो ।


















