डडेल्धुरा ः डडेल्धुराका बरिष्ठ पत्रकार डि।आर पन्त सहित ४ जना पत्रकार सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले शनिवार पन्त सहित ४ जना पत्रकारहरुलाई सम्मान गरेको हो ।



सम्मानित हुनेमा डीआर पन्त, लक्ष्मीदत्त पाण्डेय बिबिसीका संवादाता उमिद बागचन र प्रेश काउन्सील नेपालका केन्द्रीय सदस्य हरि जोशी रहेका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह,भौतिक पुर्वाधारमन्त्री प्रकाश बहादर देउवा,पत्रकार महासंघका महासचिक रोशन पुरी,पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावलले दोसल्ला,अबिर र प्रमाणपत्र वितरण गर्नु भएको हो। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको तेस्रो साधारण सभा शनिवारदेखी कैलालीको गोदावरीमा जारी छ ।
Views: 297

























