२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

आरएमडीसीद्धारा साझेदार संस्थासंग गोष्ठी सम्पन्न्, तरलता कायम गरौं : सिईओ

आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.ले साझेदार सहकारी संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको छ । आरएमडीसीले प्रदेश नं.१ अन्र्तगतका संस्थाहरुलाई फागुन १४,१५ गते बिर्तामोड, झापा र प्रदेश नं.२ अन्र्तगतका संस्थाहरुलाई फागुन १८,१९ गते बर्दिबास,महोत्तरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न् गरेको हो ।

प्रदेश नं.१ अन्र्तगतका ४५ सहकारी संस्थाहरु प्रदेश नं.२ अन्र्तगतका ५५ सहकारी संस्थाहरुको सभागिता रहको कार्यक्रममा आरएमडीसीबाट जोखिम तथा योजना विभागिय प्रमुख भरत कुमार सिंह , सुपरिबेक्षण तथा अनुपालना विभागिय प्रमुख भोलानाथ रेग्मी र आरएमडीसीका बरिष्ठ प्रबन्धक अन्नपुर्ण श्रेष्ठ प्रमुख प्रशिक्षक तथा सहजकर्ताको रुपमा रहेका थिए । कार्यक्रमको सभापति आरएमडीसी का.मु प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहनु भएको थियो ।

कार्यक्रममा संस्थाको प्रगति , सहकारी कार्यक्रम संचालनमा देखिएका समस्या तथा चुनौतिहरु सो को पहिचान र अपनाईएका सानधानका उपायहरु , सहकारीले गरेका सिजृनात्मक कार्यहरु , आरएमडिसीसंगको कारोबारको अनुभव , आरएमडीसीका साझेदार सहकारी संस्थाहरुको वित्तीय अवस्या , सहकारी संस्थाहरुले सहकारी सिद्धान्त र सहकारी मापदण्ढ अनुसार काम गरे÷नगरेको , सहकारीले गर्दै आएका सामाजिक कार्य , सदस्यहरुको जिबवस्तर उकास्न गरेका कार्यहरु र देशको कमजोर अर्थतन्त्रले लघुवित्त तथा सहकारीमा परेको प्रभावको विषयमा छलफल गरिएका हुन् ।

“गाँउको एक घरमा आगो लाग्दा , त्यसको प्रभाब पुरै आउमा पर्छ”,अहिले लघुवित्त र सहकारीमा पनि बाह्य तत्वहरुले यसरी हाम्रो असल सदस्यहरुमा असर पारी रहको छ । सहकारीले आफै जोखिका पक्षहरु खोजी त्यसको समाधानको बाटो तिर लाग्न जरुरी छ । अहिलेको आर्थिक अवस्यमा समस्या , चुनौति र बाह्य प्रभावबाट आफ्ना सदस्यहरुलाई जोगाउन सक्ने सहकारीको मात्रै भबिष्य छ , आरएमडीसीका जोखिम तथा योजना विभागिय प्रमुख भरत कुमार सिंह बताए ।

त्यसै गरी सुपरिबेक्षण तथा अनुपालना विभागिय प्रमुख तथा मुख्य कार्यकक्रम परिचालक भोलानाथ रेग्मीले संस्थाले आन्तरिक रुपमा योग्य र नियमानुसार सेवा प्रबाह गर्छ भने सो सहकारीमा कहिले समस्या नआउने बताए । सहकारी संस्थाहरुमा समस्या देखिनु प्रमुख कारण सञ्चालक समितिले संस्था समाजिक र जनमुखी भन्दा व्यक्तीगत स्वार्थमा बढी हाबी हनु , सहकारीको सिद्धान्त , मान्यता विपरित कार्य गर्नु र सहकारीलाई कमाउमुखी बनाउदै जानु हो । अब सहकारीहरुले आन्तरिक खँम्बा बलियो बनाउनु पर्छ, कही सकारीमा देखिएको समस्याले समग्र सहकारी क्षेत्र नै प्रभावित बनेको छ । सहकारी सदस्यहरुलाई आफ्नो संस्थाले गरेका कार्य , वित्तीय अवस्था , सहकारी शिक्षा , वित्तीय साक्षरता, सदस्य अभिमुखिकरण , कर्मचारीहरुलाई आफैमा परिपक्क बनाउदै गए समस्या नआउने विभागिय प्रमुख रेग्मीले बताएका हुन् ।

त्यसैगरी आरएमडीसीका बरिष्ठ प्रबन्धक अन्नपुर्ण श्रेष्ठले सहकारी संस्थामा कर्जामा भाखा नाघ्दै जानु तर कर्जा जोखिम कोषको व्यवस्था नियमानुसार नहुनु , नाताबाद सिद्धान्त , व्यक्तिगत स्वार्थमा रहि सही ऋण बिश्लेशण र सदुपयोगितामा ध्यान नदिनु जस्ता अराजक क्रियाकलापले सहकारीमा समस्या देखिएको हो । उनले भने, “संस्थामा नियामक निकाय मुख दर्सक तथा भुमिका विहिन बन्दै गएका छ , देशमा आर्थिक मन्दीका कारण सहकारी समस्यामा परेका छन् , बिरोधीहरुले जथाभावी आन्दोलित बन्दै गएका छन् तर हामी सहकारी र लघुवित्तको बारेमा बोलिदिने , सदस्यहरुलाई दसकौ देखि दिदौं आएको सेवाका वकालत गर्ने निकाय कता छ ? जुन सदस्यलाई हामीले समाजमा खुलेर वोल्न सक्ने बनाएका छौं त्यही आज हाम्रो बिरोधमा आएका छन् । राम्रो हुदाँ खुसि हुने धेरै छन् तर समस्या पर्दा कोही छैनन् । त्यसकारण सहकारी , लघुवित्तमा समस्या सिर्जना गर्ने हामी हो र समाधानको बाटो पनी हामी आफ्ै तय गर्नु पर्ने बताए ।

आरएमडीसीका का.मु सिईओ पृथ बहादुर थापा ।
संस्थागत सुशासन समस्या समाधानको पहिलो प्राथमिकता हो । उनले भने, ‘मुलुकमा देखिएको तरलताको प्रभावले समस्या देखाएका छौं । वाणिज्य बैंक र साभेदार संस्थाको ब्याजदर चर्को भन्दै आत्तिदै छौं तर हामी आफ्नो कमजोरी मन्न् तयार किन भएनौ ? “हामीले सदस्यलाई दिएको कर्जा संस्थाको सम्पति हो , हामी आफ्नो सम्पती जोखिममा राख्ने हचुवाको भरमा कर्जा प्रवाह गर्ने , भाखा नाघेको कर्जा बढाउदै जाने अनि पैसा छैन् , बचत फिर्ता गर्न समस्या , चर्को ब्याजदर र तरलता अभाव जस्ता कुरा गछौं । कर्जा सही ठाँउमा सही तरिकाले र आफ्नो सम्पतीको गुणस्तर कायम गर्नुस् , बतच बढाउन समस्या छ तर यसलाई कम हुन् नदिनुस् तपाईको संस्थामा समस्या आउदैंन् ।” उहाँले दिएका केही सुभाबहरु
-कर्जा प्रभाव गर्दा सही बिश्लेशण गर्ने,
-तरलता कायम गर्ने,
-कर्जा भाखा नाघ्न नदिने ,
-सम्पतीको गुणस्तर कायम गरौं,
-क्षमता अनुसार मात्र सदस्यलाई कर्जा नगर्ने,
-संस्थाको योग्यता , क्षमता हेर्नुुस् देखासिखीको भरमा कर्जा प्रवाह नगर्ने,
-कर्जा सदुपयोगिता र निरिक्षण बढाउने,
-आन्तरिक छलफल गरी समस्या समाधान गरौं,
-समस्या छ भन्दैमा हेरेर बस्नु भन्दा समाधान खोजौं,

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।