२०८३ असार २९ सोमबार
२०८३ असार २९ सोमबार

परशुराम नगरपालिकामा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा सुरु

डडेलधुरा ः डडेलधुराको परशुराम नगरपालिकालले दीर्घरोगीको निःशुल्क स्थास्थ्य बीमा सुरु गरेको छ । परशुराम नगरपालिका मेयर भरत बडायर जोशीले आइतबार एक कार्यक्रमका बीच दीर्घरोगीको निशुल्क स्वास्थ्य बीमा सुरु गरेका हुन् ।

‘आजबाट परशुराम नगरपालिकाभित्र दीर्घ रोगीका लागि निःशुल्क स्वाथ्य बीमा सुरु भयो । नगरपालिकाको १२ वटा वडामा स्वास्थ्य बीमा सुरु गरिएको छ,’ उनले भने । मेयर जोशीका अनुसार नगरपालिकामा ४५८ जना दीर्घरोगी छन् ।

नगरपालिकाले दीर्घ रोगीको निशुल्क स्वास्थ्य बीमा आफ्नो नीति कार्यक्रममा पनि समेटेको थियो । यसका लागि नगरपालिकाले १५ लाख बजेट विनियोजन गरेको थियो । स्वास्थ्य बीमाको प्रव्यक्ति वार्षिक ३५ सय नगरपालिकाले तिरिदिने छ । मेयर जोशीका अनुसार एक वर्षमा बिमा गरिएका परिवारका पाँच जनाको एक लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क हुन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।