२०८३ मंसिर १० बुधबार
२०८३ मंसिर १० बुधबार

डडेल्धुराका व्यवसायी बैंकको चर्को ब्याजविरुद्ध आन्दोलित

    बजार बन्ददेखि ‘नो डिपोजिट’सम्म
डडेल्धुरा ः डडेल्धुरामा बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै डडेल्धुराका उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । डडेल्धुरा उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योगी, व्यापारीहरू सहित दश संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।

उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नागरिक समाज र उद्योगी व्यवसायीहरूको उपस्थितिमा सोमबार बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । सोही निर्णयका आधारमा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलि (मंगलबार) देखि चरणबद्ध आन्दोलन गर्ने जानकारी गराएको हो । डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले १६ गतेदेखि देखि १८ गतेसम्म चरणबद्ध आन्दोलन गरिने बताए ।

उनका अनुसार प्रत्येक दिन बिहान ११ बजेसम्म बजार बन्द गर्ने, १७ गते बैंकमा धर्ना दिने, १८ गते कुनै पनि बैंकमा बचत नगर्ने (नो डिपोजिट) र त्यसपछि थप आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको छ ।

लामो समयदेखि आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेपछि बजार नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको उनले बताए । चरणबद्ध आन्दोलनबाट पनि समस्याको समाधान नभए थप आन्दोलनका कार्यक्रमसहित अगाडि आउने बताएइको छ । यस्तै डडेल्धुराको शिवशिखर सहकारीले संकलन गरेको निक्षेप नियमअनुसार फिर्ता गर्न र लघुवित्त संस्थाको अनुगमन गर्न पनि माग गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।