२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कृष्णपुर नगरपालिका वडा नम्वर ८ की महिलाको गेटा मेडिकल कलेजको चौथो तलाबाट खसेर मृत्यु

धनगढी : कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको गेटा मेडिकल कलेजको चौथो तलाबाट खसेर मृत्यु भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत उनको अस्पताल भवनको चौथो तलाबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी नाय उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्तिक विष्टले भवनबाट खसेर घाईते भएकी पालीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको बताए।

साउन पहिलो साता निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको करेन्ट लागेर मृत्यु भएको थियो।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर मृत्यु भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।