
कैलालीको गोदावरी नगरपालिका वडा न २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आगामी चैत ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु ) निर्वाचनमा एल आर ओझाको सभापतिमा उम्मेद्बारी हुने भएको छ ।



उनी नेपाल विद्यार्थी (NSU ) संघको तर्फ बाट नेतृत्व लिने भएका छन । उनको समुहमा अहिले पुरै टिम तयार नभएतापनि सभापतिमा भने एल आर ओझा लगभग पक्का पक्की नै भइसकेका छन ।” उनी भन्छन् पार्टीका विभिन्न नेताहरु संग मेरो छलफल भैइरहेको छ , सबैजनाको राय सल्लाह अहिले सम्म सकारात्मक नै छ, विद्यार्थीहरुको पुर्ण समर्थन हुनेमा आसाबादी छु” ।

विद्यार्थीहरुको हक हितका लागी क्याम्पस लेबलका विभिन्न समस्य समाधान गर्न अहिले सम्म उनिले खेलेको भुमिका लाई हेर्दा उहाँको उम्मेद्बारी अब्बल नै देखिन्छ ।

Views: 454

























