बाँके– कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । गएराति नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइतबार उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।
निमोनियाको लक्षण देखिएका उनको उपचारकाक्रममा सोमबार राति ११ः४० मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।
Views: 25