२०८१ मंसिर २५ मंगलवार
२०८१ मंसिर २५ मंगलवार

विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार स्थगित !

काठमाडौं – सरकारले विदेशबाट नेपाली नागरिकको उद्धार उडान स्थगित गरेको छ ।   कोडिभ १९ का कारण विदेशमा विभिन्न ठाउँमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत दैनिक ५ सयको संख्या नबढाइ ल्याउने निर्णय सरकारले गरेको थियो ।  तर, कोरोनाको संक्रमण फैलिँदै गएको र विभिन्न जिल्लामा लकडाउन लगाएकाले केही दिनका लागि उद्धार उडान पनि रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दियो । 

“काठमाडौंमा पनि कोरोनाको संक्रमण जोखिम बढ्दै गएको र यस्तो अवस्थामा ल्याउँदा होटलमा राख्नु पर्दा नागरिकलाई महङ्गो पर्ने भएकाले तत्कालका लागि स्थगन गर्ने निर्णय सीसीएमसीले गरेको हो,” पर्यटन मन्त्रालयका एक अधिकारीले भने ।

उनका अनुसार कतिदिनसम्म उद्धार उडान रोक्ने यकिन जानकारी आएको छैन । यता, सीसीएमसीको उक्त निर्णयसँगै नेपाल वायुसेवा निगमले पनि अगष्ट १८ देखिको उद्धार उडान तालिका अनिश्चितकालसम्मका लागि स्थगित गरेको जनाएको छ । 

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।