दिपकराज भट्ट / डडेल्धुरा- सुदुर पहाडका विभिन्न ठाउँहरुमा आ आफ्नै मौलिकता अनुसार चाडपर्व मनाउने गरिन्छ । भाद्र महिना लागे संगै यहाँका चाडपर्वहरु पनि सुरु भएका छन् ।
विगतका बर्ष झै यस पटक भने चाडपर्वमा रौनक नहुने देखिएको छ । सुदुर पहाडका अधिकान्स मानिस तराई झरेकाले अरु बर्ष आफ्नो कुल देवताको दर्शन का लागि जन्म भुमि आउने गर्थ्ये तर यस बर्ष कोरोनाले गर्दा तराई बाट पहाड आउने को संख्या न्यून रहेको छ ।
सुदुरकमा हुने चाडपर्व , जात मानिसहरुको जमघट हुने , सुख दुखका कुरा गर्ने गर्छन् ।
अहिले सुदुरपहाडका गाउँबस्थिमा बाटाघाटा सरसफाइ गर्ने , मठ मन्दिर सरसफाइ , नौला सरसफाइ गर्ने गरेका छन् । सुदुरका चाडपर्व जातहरु अब सुरु हुन लागेका छन् । आज देखि सुदुरमा अब बुन्ढुनि,तिज गौरा, दशै , तिहार , जात, होलि आदिको सुरुवात भएको छ ।
चाडपर्व सुरु भएपनि यस बर्ष गाउमा खासै चहलपहल नभएको भागेश्वर ४ का सत्रि बर्सिय बहादुर सिं टेर ले बताए । उनका अनुसार पछिल्लो समयमा युवा पुस्तामा यहाँका स्थानिय मौलिकता झल्किने डेउडा, गित,फाग, धमारि,चैत मा चासो नहुनाले यो परम्परा पछिल्लो पुस्तामा घटदै गएको छ । यसले गर्दा यहाको लोक परम्परा लोप हुने देखिएको छ ।
सुदुरका परम्परा जोगाउनुका लागि युवालाई प्रोत्साहन गर्नुका लागि स्थानीय तहले पहल चाल्नु जरुरि रहेको देखिन्छ । सुदुरको संस्कृति ,परम्परागत झल्किने महोत्स्व जस्ता विभिन्न कृयाकलाप गर्नु जरुरि छ ।
यता डडेल्धुराको अजयमेरु गाउँपालिकाले भने स्थानिय लोक संस्कृति झल्किने डोट्याडि संग्रालय खोलेको छ , जसले गर्दा युवा पुस्तामा आफ्नो मौलिकताको बारेमा चासो र जिज्ञासा रहेने स्थानिय बृद्वाहरुको बुझाई छ ।
यसरी सबै स्थानिय तहले युवाहरुलाई आफ्नो मौलिकता, संस्कृति बारेमा जानकारि दिने योजना बनाउनु जरुरि रहको स्थानियहरुको भनाइ छ ।