२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

एसईईको नतिजा आज सार्वजनिक हुने

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ। नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको र केही बेरमा नतिजा प्रकाशन हुने स्रोतले जानकारी दिएको छ।

यस पटक हुँदै नभएको परीक्षाको नतिजा कसरी सार्वजनिक गरिन्छ भन्ने प्रश्न धेरैको मनमा छ। पयसपटक बोर्डले बनाएको मापदण्डका आधारमा यसपटक सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ।

सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने मात्रै हो। विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयमै उपलब्ध छ। प्रमाणित भइसकेपछि मात्रै विद्यालयले सार्वजनिक गर्नेछन्।

यो वर्ष कोरोना भाइरसको संक्रमणका कारण एसईईको परीक्षा लिइएको छैन। विद्यालयले पठाएको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ। एसईईकाे परीक्षा फारम ४ लाख ८२ हजार विद्यार्थीले भरेका थिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।