कैलाली- नेपाल भारत सीमा क्षेत्रमा भारतबाट आउँदै गरेकी एक बृद्धाको मृत्यु भएको छ । परिवारका अन्य सदस्य सहित भारतको सुरतबाट आएकी करिब १०० बर्षिया महिलाको केहि बेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली गोदावरी १२ गर भएकी महिलाको कोरोना परीक्षणको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
Views: 37