जनताको बस्ती आक्रान्त बनाएर न्यायको बादलले ढाकेको खै त सरकार ।
गरिबका लागि भनेर ल्याएको शासन र झुपडीको लागि भनेर ल्याएको रासन खै त सरकार ।।
कहानी यहाँ ठूलाबडा कै पढ्छन् यहाँ जनताले दिएको बलिदानको मूल्यांकन खै त सरकार ।
मानवता जिम्मेबार विहिन र नैतिकता विहिन भएसी राजीनामा दिएको खै त सरकार ।
देशमा आखिर कानुन छ दलाली अपराध हटेको खै त सरकार ।
देशमा आखिर गणतन्त्र छ महसुस गराएको खै त सरकार ।
भ्रष्टाचार घुसखोरी अनियमितता छ हाम्रो देशमा नियन्त्रण गरेको खै त सरकार ।
सम्झौता छन् करोड अरब का विधि पद्धति र कार्यान्वयन मा आएको खै त सरकार ।
भेदभाव र अपराध छन् अनेक नियन्त्रण मा आएको खै त सरकार ।
जुन व्यवस्था हिजो परिवर्तन गर्छु भन्थ्यौ तर आज त्यसै सत्तामा होमिनु को कारण खै त सरकार ।
देशमा जति ठूला आन्दोलन अभियान भएपनि अगुवा बाटै खुरापाती कहिले सम्म सरकार ।
पीडित जनता लाई पछि धकेलेर दलाल मात्रै प्राथमिकता पर्ने कहिले सम्म सरकार ।
गरीब र सर्वहारा वर्गबाट तमसुक र भरपाई भरिने कहिले सम्म सरकार ।
संघीयता मा राजनीति खेलेर जनतालाई गैर न्यायिक ढंगले तर्साउने कहिले सम्म सरकार ।
लेखक -गणेश शार्की (डडेल्धुरा)