बझाङ – बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन् । गयराति वित्थडचिर गाउँपालिका ०१ पोखरी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालक डडेल्धुरा परशुराम नगरपालिकाका टेकेन्द्र बोहरा घाइते भएका हुन् । घाइते बोहरालाई थप उपचारका लागि उप क्षेत्रिय अस्पताल डडेल्धुरा रेफर गरिएको प्रहरीले जनाएको छ । राति अध्याँरोमा गुडिरहेको सुपप्र ०१००२ त ४४१८ नम्बरको ट्रयाक्टर वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरीमा सडकबाट करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।



Views: 174

























