डडेल्धुरा ः प्रेस चौतारी नेपाल जिल्ला शाखा डडेल्धुराले २५ औँ स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसरमा डडेल्धुरा शाखाले डडेल्धुरा जिल्ला स्थीत रहेको डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण, अमरगढी नगरपालिका ७ मा रहेको बेथस्दा बालगृहमा रहेका अनाथ बालबालीकाहरुलाई फलफूल वितरण गरी स्थापना दिवस मनाएको छ ।



प्रेस चौतारी नेपालको केन्द्रको निर्णय अनुसार जिल्ला शाखा डडेल्धुराले बिरामीलाई फलफूल वितरण गरेको प्रेस चौतारी नेपाल डडेल्धुराका अध्यक्ष लोकेन्द्र ओझाले बताए ।
नेपाली बामपंथि श्रमजीवी पत्रकारहरुको छाता संगठन र अगुवा संगठन प्रेस चौतारी नेपालले श्रमजीवी पत्रकारहरुको हकहित मात्र नभई सर्बहारा बर्गको आवाज, हकहितका मुद्दाहरुलाई कलममार्फत उठानका निमित्त स्थापित भएको संगठन प्रेस चौतारी नेपाल भएको प्रेस चौतारी नेपालका केन्दीय सदस्य मान बहादुर साउँदले बताए ।
सञ्चारमाध्यमलाई विश्वमा सबैभन्दा प्रभावशाली अस्त्रका रूपमा लिइन्छ । यसलाई सरकारको चौथो अंगको रूपमा पनि लिइन्छ । यसले राज्य र सरकारले गरेका गलत कार्यमाथि प्रश्न उठाउने, खबरदारी गर्ने र त्यसलाई सच्याउने हदसम्म पु¥याउँछ । समग्रमुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि, हरेक क्षेत्रको बिकासका लागि मिडियाको अहम भुमिका रहने अमरगढी नगरपालिकाका निबर्तमान नगरप्रमुख बिपिन ओझाले बताए ।
संबिधानले प्रदत्त गरेका नागरिका मौलिक हकहरुमा नै जनताहरु अनबिज्ञ रहेको अवस्थामा आमनागरिकलाई आफ्ना हकहरु सुनिश्चित गर्नका लागि मिडियाहरुले अहम भुमिका खेल्नुपर्ने नागरीक समाज डडेल्धुराका अध्यक्ष रमेशप्रसाद जोशीले बताए ।
यस्तै डडेल्धुरा अस्पताललाईनै मेडीकल कलेजको रुपमा संचालन गर्दा आवस्यक पर्ने पुर्वाधारहरुका बारेमा समेत सरोकारवाला निकाय संग छलफल गरिराखेको अवस्थामा मेडीकल कलेजको स्थापनाका लागि मिडियाको निकै भुमिका आवश्यक पर्ने डडेल्धुरा अस्पताल ब्यबस्थापन समितीका अध्यक्ष करुणकर ओझाले बताए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला उपाध्यक्ष धन बहादुर धामि ९बिबेक० ले अन्याय र अत्याचारमा रहेका जनसमुदायका सवालहरु उठानमा अझै शसक्तरुपमा लागि पर्नू पर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी निकट तथा डडेल्धुरा जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थीती रहेको थियो ।

























