२०८१ मंसिर २६ बुधबार
२०८१ मंसिर २६ बुधबार

थप ५८१ जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा उपत्यकामा १६८ सहित ५८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ । उनीहरुमध्ये १०७ जनाको मृत्यु भएको छ भने १७ हजार ४९५ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

उपत्यकामा १६८ संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३९ जना छन् भने ललितपुरका १५ र भक्तपुरका १४ जना छन् । यस्तै पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२ र रौतहटका ११ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।