२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

कञ्चनपुरमा नाबालिकासँग यौन शोषण, अनाथालयका प्रमुख पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा विगत लामो समयदेखि नाबालिकासँग यौन शोषणमा संलग्न रहेको भन्दै अनाथलयका प्रमुख शंकरबहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।

लामो समयदेखि अनाथलयमा बस्दै आएका नाबालिकालाई यौन शोषण हुँदै आएको सूचना कञ्चनपुर प्रहरीलाई प्राप्त भएपछि प्रमुख चन्दलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

नाबालिकासँग यौन शोषण हुने गरेको सूचना प्राप्त भएपछि महेन्द्रनगरको महाकाली बाल अनाथालयका प्रमुख चन्दलाई पक्राउ गरिएको उनले बताए। ‘अनाथलयका प्रमुखले पहिल्यैदेखि यस्तो काम गर्दै आएका रहेछन, एक नाबालिकाले यस्तो कुरा आफ्नो साथीसँग भनेपछि मात्र घटना बाहिर आएको हो’, उनले भने।
अनाथालयमा आश्रित १४ वर्षीया र १६ वर्षीया नाबालिकामाथि करणी गरेको खुल्न आएको छ। पीडित बालिकाले यो विषय कसैलाई भन्न सकेका थिएनन्। नाबालिका करणी गरेको आरोपमा चन्दलाई मंगलबार पक्राउ गरिएको हो। चन्दलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।